संसदमा आज एसपीपीबारे परराष्ट्रमन्त्रीले जवाफ दिने

राजनीति समाचार

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी स्टेट पाट्नर्सिप प्रोग्राम ९एसपीपी०बारे संसदमा सार्वजनिक रुपमा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् ।

सरकारले गत ६ असारमा एसपीपी अगाडि नडढाउने निर्णय गरेको थियो । उक्त निर्णयबारे अमेरिकालाई जानकारी दिन पत्र नपठाएको भनी सरकारमाथि संसद र सार्वजनिक रुपमा प्रश्न उठ्दै आएको छ ।

४ साउनमा नेकपा एमालेका सांसद भीम रावलले एसपीपीमा संलग्न नहुने निर्णय अमेरिकालाई जानकारी नगराइएको भनी ‘रोष्ट्रक कब्जा ९रोष्ट्रममा उभिएर अमेरिकालाई पत्र पठाउन निरन्तर माग, सरकारलाई रुलिङ गर्न आग्रह० गरेका थिए । रावलले रोष्ट्रम नै कब्जा गरेपछि उक्त बैठक स्थगित हुन पुगेको थियो ।

निरन्तर प्रश्न उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले ५ साउनमा सरकारलाई एसपीपीबारे भएको गतिविधिबारे जानकारी गराउन रुलिङ गरेका थिए । सोही रुलिङको पालना गर्दै शुक्रबार परराष्ट्रमन्त्री खड्काले प्रतिनिधिसभामा जवाफ दिन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *