सरकार नै विदेशी मुद्रा खर्च गरेर तस्करी धन्दामा सक्रिय

राजनीति समाचार

काठमाडौं । दक्षिण एशियाको सबैभन्दा सम्पन्न विकसित राष्ट्र भनेर नाम कमाएको श्रीलंका आर्थिक रुपले टाट पल्टिन थालेपछि र आफ्नो मुलुकको ढुकुटीमा पनि विदेशी मुद्राको सन्चिति निरन्तर रुपमा ओरालो लाग्न थेलेपछि देउवा सरकारले गत वैशाखबाट विभिन्न दश शीर्षकका विलासी सामानको आयातमाथि रोक लगाएको थियो ।

जुन रोक अहिलेपनि कायम नै छ । एकातिर सरकार विदेशी मुद्राको सन्चिती बढाउन भनेर विभिन्न वस्तुको आयातमा रोक लगाइरहँदा अर्कोतिर सरकारकै संरक्षणमा विभिन्न खाद्य वस्तु तस्करी हुने गरेकधो घटना सरकार मातहतकै वाणिज्य विभागले गरेको छ ।

वाणिज्य विभाग र भन्सार विभागले जारी गरेको तथ्यांक अनुसार गत वर्ष नेपालबाट ४५ अर्ब २५ करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ । यसैगरी ३७ अर्ब ९४ करोड रुपैयाँ बराबरको प्रसोधित पाम आयल पनि नेपालबाट निर्यात भएको छ । स्मरण रहोस् नेपालमा अहिलेसम्म पामको खेती हुनेगरेको छैन ।

र, पाम खुतीका लागि नेपालको हावापानी उपयुक्त छैन । यो अवस्थामा नेपालबाट ३७ अर्ब ९४ करोड रुपैयाँ बराबरको प्रसोधित पाम तेल कसरी निर्यात भयो भन्ने प्रश्न स्वाभाविक रुपले उठ्न जान्छ । सम्बन्धित निकायका कर्मचारीलाई मिलाएर तस्करले मलेसिया र इण्डोनेसियाबाट विदेशी मुद्रा खर्च गरी कच्चा पाम ल्याएर त्यसबाट बनेको तेल भारतलाई निर्यात गरेको हो भनेर सजिलैसँग बुझ्न सकिन्छ।

यसैगरी नेपालमा भटामास खुती हुनेभएपनि ४५ अर्ब ३५ करोड रुपैयाँ बराबरको प्रसोधित तेल निर्यात गर्ने हैसियतमा नेपाल छैन । प्रष्ट छ, अन्य मुलुकबाट कच्चा भटमास विदेशी मुद्रा खर्च गरेर ल्याएर त्यसलाइृ प्रसोधन गरी मुख्य रुपमा भारत निर्यात गर्ने गरिन्छ ।

यसरी विदेशी मुद्राको सन्चिती निरासाजनक अवस्थातिर गइरहँदा सरकारको सरोकारवाला निकायका कर्मचारी भने तस्करसँग मिलेर भटमास र पाम आयात गरी त्यसलाई प्रसोधन गरेर बनेको तेललाई भारतलगायतका विभिन्न मुलुकमा पठाउने तस्करी धन्दा गरिराखेको स्पष्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *