मेयर शाहको चर्तिकलाबाट वाक्क हुन थाले काठमाडौंवासी

राजनीति समाचार

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा स्वतन्त्र हैसियतले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका बालेन्द्र शाह र धरान उपमहानगरको मेयरमा उम्मेदवारी दिएका हर्क साङपाङले जनताको ठूलो समर्थनबाट विजय प्राप्त गर्न सफल भएका थिए ।

मेयरमा निर्वाचित भएर पदको सफत लिएलगत्तै काठमाडौं महानगरका मेयर शाहका अगाडि लामो समयदेखि महानगरका विभिन्न स्थानमा अस्तव्यस्त रुपमा थुप्रियको फोहोरमैला व्यवस्थापन गर्ने प्रमुख चुनौति आइपरेको थियो । यसैगरी धरान उपमहानगरका नवनिर्वाचित मेयर साङपापाङले लामो समयदेखि जनताले भोग्दै आएको खानेपानीको समस्या समाधान गर्नुपर्ने चुनौति अगाडि खडा भएको थियो ।

धरावासीले लामो समयदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान गर्न मेयर साङपाङ आफै शरीरिक श्रममा सक्रिय हुन थाले । नवनिर्वाचित मेयर नै धरानवासीको खानेपानी समस्या समाधान गर्न त्यसरी सक्रिय हुन थालेपछि धरानका सबै पुस्ताका नागरिकले उनलाई साथसहयोग दिए । फलतः अहिले धरानवासीको खानेपानीको समस्या समाधान भएको छ ।

यो समस्या समाधान गर्न मेयर साङपाङले एउटा खोला नै फर्काएर खानेपानीको व्यवस्था गरेका छन् । यता काठमाडौं महानगरमा भने मेयरमा निर्वाचिन भएका शाहले सुरुदेखि नै फोहोरमैला व्यवस्थापनको समस्या र चुनौति भोग्दै आएका छन् ।

सिसडोल र बन्चरे डाँडाका जनतासँग गरेको सहमति सरकार र महानगरले इमानदारितापूर्वक कार्यान्वयन नगरेको भनेर आगामी भाद्र १ गतेबाट सिसडोल र बन्चरे डाँडामा फोहोर लैजान नदिने चेतावनी संघर्षसमितिले गरेको छ । महानगरले नै एकसातादेखि फोहोर नउठाएको कारण काठमाडौं शहर फोहोरको थुप्रोले ढाकेर हस्तव्यस्त भइरहँदा अहिलेबाटै बन्चरे डाँडामा फोहोर लैजान स्थानीय जनताले अवरोध गर्न थालेका छन् ।

फोहोर व्यवस्थापनका लागि तय भएको स्थानबाट गिट्टीबालुवा झिकेर बेच्ने गर्दा त्यो क्षेत्रको भौगोलिक अवस्थामा समेत असर पर्न गएको भनाइ बन्चरेडाँडावासीको रहेको छ । यसरी काठमाडौंको फोहोरको स्थायी व्यवस्थापन हुन नसकिराख्दा मेयर शाह भने कहिले बेलायतमा आत्महत्या गरेका ¥यापर यमबुद्धको सालिक बनाउने ग तगर्न थालेका छन् ।

कहिले यमबुद्धको नाममा महानगरको लगानीमा पार्क बनाउने गफ दिने गरका छन् । राजनीतिक दल र नेताको व्यवहारबाट वाक्क भएका काठमाडौंवासीले मेयरका लागि स्वतन्त्र उम्मेदवार शाहलाई छनोट गरेका थिए ।

तर, अहिले स्वतन्त्र हैसियतबाट काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका शाहले जनताको पसिनाबाट सञ्चित भएको काठमाडौं महानगरको बजेटबाट विभिन्न नेताका नाममा स्थापना भएका संस्थालाई यो वर्ष ४ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेका छन् ।

नेताको नाममा खुलेका संस्थालाई ४ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेका मेयर शाहले सडकमा व्यापार गरेर बिहानबेलुकाको समस्या टार्दै आएका निरिह जनतामाथि थप दमन गर्न १ सय ६५ जना नगर प्रहरी थप्ने निर्णय गरेका छन् । मेयर शाहले देदएमका यस्ता चरित्रबाट काठमाडौंका मतदाता कस्तो व्यक्तिलाई मेयर चयन गरिएछ भनेर पश्चाताप गर्न लागेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *