पार्टी कब्जा गर्ने देउवाको बन्यो यस्तो योजना

राजनीति समाचार

काठमाडौं । आमनिर्वाचनको मिति अभैm निश्चित भएको छैन । तर, प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी अध्यक्ष प्रचण्डले आमनिर्वाचनपछि पनि सत्ताको भागबण्डाको सहमति गरिसकेका छन् । उक्त सहमति अनुसार आगामी प्रतिनिधिसभाको पहिलो साढे दुईवर्ष माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री भएर सरकार सञ्चालन गर्ने छन् भने नेपाली कांग्रेसको तर्फबाट डा. आरजु राणा उपप्रधानमन्त्री हुनेछिन् ।

र, प्रतिनिधिसभाको दोस्रो कालखण्डमा कांग्रेसको तर्पmबाट आरजु राणाले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । यो सहमति कार्यान्वय गर्न र कांग्रेसको तर्पmबाट सरकारको नेतृत्व गर्न आरजु राणालाई स्थापित गर्ने मामिलामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको पकड पार्टीमा र संसदीय दलमा बलियो हुनुपर्छ । पार्टीमा आफ्नो स्थिति बलियो बनाउन सभापति देउवाले केन्द्रीय कार्यसमितिमा अत्याधिक सदस्य आफ्नो पक्षका नेतालाई मनोनित गर्न सक्दछन् भने संसदीय दलमा बलियो स्थिति बनाउनका लागि संसदमा आफ्नो पहुँच यसैगरी बलियो हुनुपर्छ ।

संसदीय दलमा आफ्नो स्थिति बलियो बनाउनका लागि कांग्र्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय बोर्डलाई उपयोग गरेर आपूm निकटका नेतालाई बढीभन्दा बढी संसको उम्मेवार बनाउनुपर्छ । यसका लागि सभापति देउवाले संसदीय बोर्डमा आफ्ना अत्यन्त निकट र विश्वासिला नेताहरु ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँडलगायतलाई समावेश गर्ने योजना बनाइराखेका छन् ।

यसबाहेक पार्टीमा आफ्नो स्थिति थप बलियो बनाएर आफ्नो उत्तराधिकारी आपूm निकटको व्यक्तिलाई स्थापित गर्नका लागि प्रधानमन्त्री देउवाले अहिले संस्थापना इतरको नेतृत्व डा. शेखर कोइरालालाई पन्छाएर सम्पन्न १४ औं महाधिवेशनमा सभापतिका लागि भएको निर्वाचनमा आपूmलाई सहयोग रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह जस्ता नेताको साथ र सहयोग लिने रणनीति प्रधानमन्त्री देउवाले बनाएका छन् ।

सोही रणनीति अनुसार सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा प्रकाशमान सिंह पत्नी सिर्जना सिंहलाई कांग्रेसको तर्पmबाट उम्मेदवार बनाउने निर्णय सभापति तथा प्रधानमन्त्री देउवाले गरेका थिए । यसैगरी महाधिवेशन सम्पन्न भएको आठ महिना बित्न लाग्दा पनि सभापति देउवाले पार्टीका कुनैपनि समितिको पदाधिकारी चयन गरेका छैनन् । अब सरकारले आमनिर्वाचनको तोकेसँगै आपूm निकटका नेताहरुलाई पदाधिकारीमा चयन गरेर सबै समितिका विभागलाई पूर्णता दिने योजनामा प्रधानमन्त्री देउवा रहेका छन् ।

देउवा अहिले आपूm निकटको व्यक्तिलाई पार्टीको नेतृत्वमा स्थापित गर्ने कसरत गरिराखेका छन् । देउवाको निकटको व्यक्ति भनेको उनकै पत्नी आरजु राणा हुन् । नेपाली कांग्रेसको नेतृत्वमा र सरकारको नेतृत्वमा स्थापित हुनका लागि केही समय अगाडि प्रचार गर्न भनेर दिल्ली पुगेकी आरजु राणाले अहिले नरेन्द्र मोदी नेतृत्वको सरकारमा बलियो पहुँच भएका र भारतीय जनता पार्टीमा पनि त्यसैगरी बलियो प्रभाव राख्ने नेताहरुसँग गहिरो भेटवार्ता गरेकी छन् । र, स्वास्थ्योपचारसँगै राजनीतिक स्थितिमा समेत दिल्ली भ्रमणलाई केन्द्रित राखेकी आरजु राणा गत आइतबार स्वदेश फकिएकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *