जर्मन यात्राका केही स्मरणीय पक्षको लेखाजोखा

समाचार

यस पटकको जर्मनी यात्रा मेरो लागि विगतका भन्दा पृथक थियो । हरेक भ्रमणका फरक फरक विशेषता र अनुभुती हुन्छन् नैं । तथापी यसपालाको भ्रमणमा मेरो व्यक्तिगत जीवनमा केही फरक नैं भयो । यस भ्रमणका केही प्रमुख उपलव्धी र अपेक्षाकृत समेट्न नसकिएको विषयहरुलाई संक्षिप्त रुपमा लेख्ने प्रयास गरिएको छु ।
एक्लो भ्रमण एक्लै अनुभुती
नेपालवाट मात्र हैन एसिया महादेशवाटै म एक्लो थिएँ । भ्रमण सम्वन्धी सवै चाँजोपाँजो तथा यात्रामा म आफै सकृय हुनु परेको थियो । यसवाट धेरै अनुभव हासिल गर्न सकियो । परेका समस्या वा अवसर सवैमा आफै संलग्न हुनु प¥यो । यसवाट मेरो आफ्नो क्षमता कति रहेछ भन्ने थाहा भयो । के कस्ता विषय सम्पादन गर्न सजिलो हुँदो रहेछ भन्ने अनुभुती हासिल भयो । यसवाट वैदेशिक भ्रमण एक्लै पनि सजिलै गर्न सकिने भन्ने मलाई ढुक्कपन वढेको छ ।
वैदेशिक कार्यक्रममा जाँदा भाषाको सधैं भरी त्रास रहने गर्दछ । विगतमा अरु साथी पनि हुँदा उहाँहरुको सहयोग हुने गर्दथ्यो तर यस पटक त्यस्तो भएन । दुवई सम्म अलि अलि नेपालीमा नैं कुराकानी भए त्यस पछि त नेपालीमा सोच्न पनि छाडे जस्तो भयो । कुनै पनि वेलामा नेपालीमा वोल्न नैं पाइएन र वोल्न पाए हुन्थ्यो जस्तो पनि लाग्दो रहेछनछ । जाने पनि नजाने पनि अंग्रेजी नैं वोलियो । भाषा मिलेन होला तर सञ्चार गर्न सकिंदो रहेछ भन्ने आत्मविश्वास भएको छ । २,३ वटा भिडीयो अन्तरवार्ता पनि दिइयो ।
नयाँ ठाउँ, नयाँ साथी
अमेरिका पहिला नैं गैसकेको भए पनि मेरो यूरोप भ्रमण पहिलो थियो । विगतका भ्रमण वनसँग सम्वन्धीत हुने गर्दथ्ये तर यो पटक कृषि उद्यमीको हैसियतले सहभागी भैहरेको थिएँ । जर्मनको राजधानीमा रहेको म्यारियट होटलमा मेरो वसाई रहेको थियो । त्यो होटलको २६ औं तलामा मेरो कोठा थियो । केही वर्ष अघि वैंककमा रहेको ८४ (?) तला भएको घरमा भ्रमण गर्न र खानासम्म खाएको थिएँ । जीवनमा पहिलो पटक २६ औं तलामा सुत्ने मौका पाएको थिएँ ।
एकै पटक धेरै देशका साथीहरुसँग नजिकवाट चिनजान तथा गफ गर्ने मौका अहिलेसम्म मिलेको थिएन । विगतका कार्यक्रममा कि ठुला मेलाहरु हुन्थ्यें त्यसमा को कता मेसो हुन्नथ्यो कि त २,४ देशका सहभागीहरुसँग मात्र अन्तरक्रिया हुने मौका मिलेको थियो तर यस पटक १५ भन्दा वढि देशका मानिससँग कुराकानी छलफल गर्ने मौका मिलेको थियो । त्यो टिमसँग अहिले पनि नियमित सम्पर्क तथा कुराकानी भैरहेको छ ।
व्यवस्थीत तालिम र सिकाईको वातावरण
म नेपालमा हुँदा नैं तालिम तथा हाम्रो कार्यक्रम सम्वन्धी विस्तृत कार्यक्रमको रुपरेखा उपलव्ध गराईएको थियो । त्यो रुखरेखा अनुसार नैं कार्यक्रम व्यवस्थापन भएको थियो । त्यसै गरी तालिमको सुरुवातमा कुनै आशन तथा भाषण भएन । सहभागीहरुको नाम र सम्वन्धीत देशको झण्डा कुसी अगाडी राखिएको थियो । त्यही गएर हामी वसेका थियौं । अनौपचारिक रुपमा तालिम सुरुवात भएको थियो । संस्थाको अध्यक्षले वेलुका डिनरसँगै छोटो मन्तव्य सहित हामी सवैलाई सवैलाई स्वागत गरेका थिए । तालिम धेरै छलफल तथा अन्तरक्रियात्मक एवं आफनो कथा आदान प्रदान गर्ने भएकोले प्रभावकारी थियो । सिकाईको वातावरण राम्रो थियो । स्रोत व्यक्तिहरुको सहजिकरण र प्रस्तुती आकर्षक तथा प्रभावकारी थियो ।
अन्तराष्ट्रिय स्तरको समन्वय तथा सहकार्यको वातावरण तयार
त्यसका कार्यक्रममा ६ वटै महादेशवाट प्रतिनिधित्व रहेको थियो । एसिया र अष्ट्रेलियावाट एक, एक जना अन्य महादेशवाट एक भन्दा वढिको सहभागीता रहेको थियो । हामी एक आपसमा नजिक हुने वातावरण तयार भयो । आफ्ना देशमा निम्ता गर्ने आउने जानेसम्मका समन्वय भएको छ । एक आपसमा सहयोग आदान प्रदान गर्ने सम्मका कुरा भएका छन् । अमेरिकावाट आएको एक सहभागी मेरो भाञ्जा पढ्न जाने विश्वविद्यालय नजिकको रहिछन् । उनको नाम वेभ हो । उनीलाई मेरो भाञ्जा आउँदैछन् भने पछि केही प¥यो भने मलाइ सम्पर्क राख्न लगाउनु भनिन् । त्यसले केही सहज वनाएको छ । त्यसै गरी व्राजिलको डा एविलोसँग नोभेम्वर तिर हामी त्यहाँ जाने सल्लाह भएको छ । अरु देशका सहभागीहरुसँग पनि त्यस किसिमको सल्लाह भएको छ । ग्लोवल फार्मर नेटवर्कका अध्यक्ष नेपाल आउने र छलफल गर्ने कुरा भएको छ । यी सवैवाट अन्तरराष्ट्रिय स्तरको सहकार्य तथा समन्वय गर्ने वातावरण तयार भएको छ ।
आफ्नो कथा भन्ने र अरुको कथा सुन्ने मौका
मेरो कृषि सम्वन्धी संलग्ना र नेपालको कृषि अभियानका वारेमा आफ्ना कथा सुनाउने मौका मिल्यो । नेपालको झण्डा सहितको हाम्रो सिट प्रवन्ध गरिएको थियो । त्यस कार्यले आफुलाई गौरबको महसुस हुँदो रहेछ । मेरो कथाका विभिन्न अंश पटक पटक सुनाउने मौका मिल्यो । त्यसमा अरु साथीले थप प्रष्टताको लागि प्रश्न गर्ने र छलफल गर्दा आफैलाई मज्जा लाग्दो रहेछ । अरुका पनि कथा सुन्दा रोचक हुँदो रहेछ । साथै सवैका कथा उत्पादन केन्द्रीत हुँदा जहाँको पनि हालत उहि त हो नी भन्ने लाग्दो रहेछ ।
नेपालको कृषि अभियान र मेरो आफनैं कथा विश्व स्तरमा जानकारी गराउन पाउनु म आफैलाई गौरबको विषय तथा सन्तुष्टि लागेको छ । मेरो आफ्नै कथा र नेपालमा कृषि अभियान सम्वन्धी भएका काम जुन मेरो जानकारी थिए ती एकै पटक विश्व स्तरमा पु¥याउने अवसर प्राप्त भयो ।
पहिलो पटक विश्व स्तरको संस्थाको सदस्य वन्ने मौका मिल्यो
म राष्ट्रिय स्तरका संस्था तथा अभियानहरुमा संलग्न भएको छु । तर अहिलेसम्म अन्तराष्ट्रिय संस्थाहरुको सदस्य हुने मौका मिलेको थिएन । यो पटक ग्लोवल फार्मर नेटवर्कको सदस्य वन्ने मौका मिल्यो । यस संस्थामा हालसम्म २५९ जना सदस्य वनेको रहेछन् । नेपालबाट म र मेरो अग्रज विष्णुहरी पौडेल मात्र सदस्य भएका छौं ।
समेट्न नसकेका मेरो चाहानाहरु
यस पटकको भ्रमणवाट मलाई धेरै उपलव्धी भएता पनि केही चाहानाहरु भने पूरा हुन सकेनन् । हुनत, एकै भ्रमणले सवै व्यक्तिगत चाहाना पूरा हुन सक्ने पनि होइन । तथापी केही अपेक्षाहरु यस पटक सम्वोधन हुन सकेन ।
जर्मनमा रहेको कृषि कर्मका वास्तविक कार्यहरु हेर्ने मौका मिलेन । हुन त एक दिन मेलामा सहभागी हुने मौका मिलेको थियो तर त्यहाँ उत्पादन केन्द्रीत कार्यहरु देख्न पाइएन । छलफल अन्तरक्रियबाट धेरै थाहा पाउने मौका भने पाइएको थियो । वायरको ल्याव हेर्ने मौका मिलेको थियो । त्यसवाट धेरै कुराहरु जानकारी पाइयो तर कृषि वा खेती गरेकै मज्जाले हेर्ने चाहाना भने अधुरै भयो ।
मेरो अर्को रहेर कृषि र पर्यटन दुवैलाई कसरी जोड्न सकिन्छ भन्ने थियो । त्यसमा वाहिरको अभ्यास हेर्ने मन थियो । त्यो पनि थाती नैं रहन गयो ।
जर्मन भन्ना साथ कार्लमाक्सको देश भनेर संझन पुगिन्छ । खास गरी कम्यूनिष्ट अभियानमा लागेका मान्छेका लागि कस्तो होला भन्ने कौतुहलता हुने गर्दछ तर त्यहाँ माक्र्सलाई चिन्ने वा संझने मान्छे भेट्न नैं मुस्किल पर्दो रहेछ । कार्लमाक्र्स अनी हिटलरका पालाका गतिविधिको अवशेष हेर्न मन लागेको थियो । रहर पूरा हुन सकेन ।
मसँग साञ्जेन भिषा थियो । त्यो भिषावाट २६ देशमा घुम्न पाइन्थ्यो तर जर्मन भन्दा अरु देश टेक्ने अवसर मिलेन । त्यो व्यवस्थापन आफैले गर्नु पर्ने थियो तर मैले त्यता तिर ध्यानैं दिइन । मलाई स्वीजरलैण्ड जाने रहर पनि थियो । जर्मनमा नैं केही आफन्तहरु वसोवास गर्दथ्ये उनीहरुलाई भेट्न पनि सकिन । यो चाहाना यस पटकको यात्रावाट संभव भएन । फेरी अर्को पटक युरोप जानैं पर्ने भयो ।
समग्रमा, यस पटकको जर्मन भ्रमण मेरो लागि अविस्मरणीय भयो । धेरै कुरामा उपलव्धीमूलक भयो । मेरो विगतका भ्रमण भन्दा पृथक र उपलव्धीमूलक भयो । व्यक्तिगत जीवनमा यो भ्रमणले ठुलो अर्थ राख्ने गर्दछ । अन्तराष्ट्रिय स्तरका सञ्जालमा प्रवेशको एक वाटो खुलेको महसुस गरेको छु । भविष्य आफ्नै क्रियाशिलता र प्राथमिकतामा भर पर्ने विषय पनि हो । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *