माओवादी कसरी हुन्छ ठूलो कम्युनिष्ट पार्टी ?

समाचार

काठमाडौं । सत्तारुढ गठबन्धमा र बाहिर रहेका कम्युनिष्ट शक्तिहरुलाई एक ठाउँमा ल्याएर समाजबादी केन्द्र गठन गर्ने योजना असफल भए पछि माओवादी अध्यक्ष प्रचण्डले आगामी चुनावबाट माओवादी केन्द्रलाई सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी र समग्रमा दोश्रो ठूलो पार्टी बनाउने उदघोष गरेका छन् र यसको लागि कागे्रंसले सहयोग गर्नु पर्ने, सहयोग नगरे राम्रो नहुने चेतावनी समेत दिएका छन् । तर प्रचण्डले दाबी गरे जसरी माओबादी केन्द्र दोश्रो ठूलो दल हन्छ कसरी ? प्रतिनिधिसभामा कुल सांसद संख्या २७५ रहेको छ । २७५ सांसद मध्ये १६५ संसदको चयन प्रत्येक्ष मतदानबाट र ११० सांसदको चयन समानुपातिक प्रणालीबाट हुन्छ । समानुपातिक तर्फको ११० स्थानका लागि गठबन्धनमा रहेका दलले एक अर्कालाई सहयोग गर्न सक्दैनन् । गठबन्धनमा रहेका दलले एकअर्कालाई सहयोग गर्ने भनेको प्रत्येक्ष तर्फ हो ।
आगामी आम निर्वाचनमा बहुमत ल्याउने नसके सबैभन्दा ठूलो दल हुने योजना साथ नेपाली कांगे्रस अगाडी बढी राखेको छ । यो योजना सफल पार्न कांगे्रसले प्रत्येक्ष तर्फ १०० सीटमा चुनाव लडने योजना बनाएको छ र गठबन्धनमा छलफल कांगे्रस ९० सीट पाउन सक्दछ । उता माओबादी अध्यक्ष प्रचण्डले गठबन्धन भन्दा बाहिर रहेका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र बामदेव गौतम नेतृत्वको नेकपा एकीकरण राष्ट्रिय अभियान पार्टीसँग पनि चुनावी सहकार्य गर्ने भएका छन । यो अवस्था माओवादीले प्रत्येक्ष तर्फ कति सीटमा चुनाव लडछ ? ०७४ सालको आम चुनावमा माओबादी एमालेसँग मिलेर लडेको थियो र ३६ सीटमा विजय हात पारेको थियो । यसैगरी समानुपातिक तर्फ माओबादीले १७ स्थान जितेको थियो ।
यो स्थितिमा आगामी आम निर्वाचनमा प्रत्येक्ष तर्फ कति र समानुपातिक तर्फ कति सीट जित्छ र माओवादी दोश्रो ठूलो दल हुन्छ भन्ने जिज्ञाशाको जवाफ अध्यक्ष प्रचण्डले दिएका छैनन् । आफ्नो पार्टीलाई दोश्रो स्थान जित्न कांगे्रसले सहयोग गर्नु पर्छ भन्ने भनाई प्रति कांगे्रसी नेताले आगामी चुनावमा आफु जित्ने कि माओबादीलाई जिताउने भनेर प्रश्न गर्न थालेका छन् । आगामी आम चुनावलाई लिएर माओबादी कांगे्रसको भरमा हुँदा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी र बामदेव नेतृत्वको नेकपा एकीकरण अभियान भने माओबादीको भरमा छन् । माओवादी अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको समाजबादी केन्द्र गठन नहुने भए पछि बाबुराम र बामदेवको अवस्था के हुने हो थाहै छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *