सशस्त्र प्रहरीमा गणेश मल्लको कमाई आठ लाख

समाचार

काठमाडौं । जुन जोगी आए पनि कानै चिरेको भन्ने भनाई सशस्त्र प्रहरीमा चरितार्थ भएको छ । नेपालमा जुनसुकै व्यवस्थाले पनि सुशासन कायम हुन सकेको छैन । नाम मात्र फेरिएको छ, नाम फेरिए पनि पात्र एउटै छन् । सरकार फेरिन्छ राजनीतिक पार्टीको सरकार फेरिन्छ पार्टीका नेता फेरिन्छन् । अहिले पाँच दलीय गठबन्धन सरकार सञ्चालनमा रहेको छ । नेपाली कांग्रेसको तर्फबाट बालकृष्ण खाँड गृहमन्त्री छन् । सशस्त्रमा जोसुकै आईजीपी भएपनि भ्रष्टाचार र बेथिति घटेको छैन । लेखा शाखामा गणेश मल्ल रहेका छन् । मल्ल डिएसपी पदमा कार्यरत रहेका छन् । उनी लेखा शाखामा बसेको ५÷६ वर्ष भइसकेको छ । मल्लले तीन आईजीपी फेरिसकेका छन् । शैलेन्द्र खनाल, पुष्पराम केसी देखि राजु अर्याल सम्म आईजीपी भइसकेका छन् । तर उनी फेरिएका छैनन् । आइजिपीको भूमिका गणेश मल्लले सम्हाल्दै आएका छन्, लेखा शाखामा बसेर कुस्त कमाई गरी भब्य महल खडा गरेको बताइन्छ ।
मल्लको दैनिक खर्च ५० हजार हुने गरेको हल्चोकमा चर्चा चल्ने गरेको छ । मल्लले बच्चाको लागि दिनमा ३० हजार खर्च गर्ने गरेको बताइन्छ र श्रमिान श्रीमतीको खर्च २० हजार हुने गरेको भनाई रहेको छ । गणेश मल्ल लेखा शाखामा बसेर व्यापक आम्दानी गरेको र सो आम्दानीबाट विभिन्न राजनीतिक शक्ति केन्द्र सम्म लाई भाग पुराएर शक्तिकेन्द्र खुसी बनाएको आरोप छ । सशस्त्र प्रहरीमा सामान खरिदमा कमिसन लिने गरेको छ । सामान खरिद नगरे पनि सामान खरिद गरेको बिल बनाएर खाने गरेको पाइन्छ । खासगरी गाडी, खरिद मर्मत, स्टेशनरी खरिद रासन खरिद, प्रहरीको ड्रेस खरिद, जुत्ता खरिद, मर्मत खर्च, कम्युपटर खरिद, कार्यालय डेकोरेशन, अपिसलाई चाहिने सामान, भैरपरी आउने सामान, फोटोकपी पेपर, टेबुल, कुर्सी खरिदसम्ममा टेण्डर आह्वान गरेको बहाना गरी सामान सप्लाएरसँग मिलेर सबै गुणस्तरहीन सामान प्रयोग गरी कमिसन खाने गरेको मसाचार स्रोतले तामाकोशी सन्देशलाई बताएको छ । गणेश मल्लले ७ प्रदेशमा सातवटा युनिट र ८ वटा बाहिनी रहेका छन् । प्रत्येक युनिट र बाहिनीबाट वार्षिक ५० लाखको हिसाबकिताब लिने गरेको स्रोतको भनाई रहेको छ । यतिमात्र नभएर १ सय ५० वटा युनिट रहेको छ । प्रत्येक युनिटबाट महिनामा ३० लाख लिने गरेको स्रोतको भनाइृ रहेको छ । यसरी सशस्त्र प्रहरीमा राज्यको पैसामा रजाईं चल्ने गरेको छ । के नेपाल सरकारले बजेट खर्च गर्न सशस्त्र प्रहरीलाई मात्र बजेट दिने र चोरी निकासी गरी भन्सार छली गरेर ल्याएको सामान बाटोमा जफत गरी खाने गरेको छ । यस्ता प्रहरीलाई कुनै पनि निकायले कारबाही गर्न सकेको छैन । सिपाही हवल्दार, असईजस्ता कर्मचारी रातदिन खटिनुपर्ने गस्तीमा धाउनुपर्ने हाकिम चाहिं मोजमस्तीमा रमाउने भन्दै गुनासो पोख्ने गरेका छन् । एक सय पचास वाहिनीबाट मात्र गणेश मल्लको आम्दानी ४ करोड ५० लाख हुने गरेको छ । सो पैसाको हिसाबकिताब कहाँ राख्छ भन्ने बाहिनीबाट ३० लाखको दरले महिनामा २ करोड अठासी लाख उठाएका छन् । ८ वटा बाहिनीबाट केन्द्रीय लेखा शाखाका गणेश मल्ललाई बुझाउने गरिएको भनाई छ । सशस्त्र प्रहरीका लेखा शाखा गणेश मल्लले सबैतिरबाट वार्षिक ७ करोड ३८ लाख केन्द्रमा जम्मा गरेपनि १० प्रतिशत कमिसन खाने गरेका छन् । उनको भागमा त्यतिले पनि ७ लाख ३८ हजार आउने गरेको सुत्र बताउँछ ।
यो तलबभन्दा बाहेक उनको आम्दानी हो । यसै सामान सप्लाई गर्ने व्यापारीले छुट्टै कमिसन लिने गरेको सुत्रको भनाई रहेको छ । अधिकाशं ठाउँमा यसरी राज्यको ढिकुटीमा रजाइँ गर्दै आएका छन् भने नेपाल प्रहरी भित्रको कथा व्यथा पनि त्यही हालमा रहेको बताइन्छ । त्यतिमात्र नभएर राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत लेखापाल, सशस्त्र प्रहरी बलमा रहेका लेखापाल र नेपाल प्रहरीमा रहेका लेखापालको कमाई कत्ति हुन्छ भन्ने सम्मको जानकारी अन्य प्रहरीलाई जानकारी नभएको भनाई रहेको छ । नेपाल प्रहरीभित्र मुद्दा शाखा र लेखा शाखाको कर्मचारीले राज्यशक्तिसँग सम्बन्ध राख्ने हैसियत राख्ने र प्रहरीमा बसेर करोडौं कमाई गर्ने भाग्यमानी प्रहरीमा पर्छन । सबै राजनीतिक दलका नेतालाई आथिृक सहयोग गर्ने र राजनीतिक दलको सोर्सफोर्समा आम्दानी हुने र सुगममा बस्ने गरेका छन् । आर्थिक कमजोर भएका र सोर्सफोर्स नहुने प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसनधान विभागका कर्मचारी भएर सँधैभरी आम्दानी नहुने र दुर्गम भेगमा बसेर दिन बिताउनुपर्ने पीडित प्रहरीको गुनासो रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *