सर्वाेच्चभित्र बिचौलिया खेल्दै, तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको सेटिङ

समाचार

काठमाडौं । नेपालीको लागि आशा र भरोसाको केन्द्र भनेकै न्याय क्षेत्र हो । तर यतिखेर न्याय क्षेत्र बदनाम भएको छ । न्यायालय भित्र न्यायाधीशको कारण न्याय क्षेत्रमा बिकृती र भ्रष्टाचार बढ्दै गएको छ । राजनीतिक दलको कारणले न्याय क्षेत्र बद्नाम भएको छ । नेपाली जनताको लागि आशा र भरोसाको केन्द्र बन्न सकेको छैन । न्यायलय भित्र दिनप्रतिदिन विवाद आएको छ । कतिपय मुद्दा र मामिलामा न्यायाधीशले भ्रष्टाचार गरेको आरोप छ । संस्थाको गरिमा समेत घटेको छ । न्यायालयभित्र न्यायाधीशको सेटिङ र बिचौलियाले गर्दा कतिपय पीडित व्यक्तिले न्याय पाउन सकेका छैनन् । राजनीति दलको सरकार फेरिएपछि न्यायालयभित्र न्यायाधीश फेरिने क्रम जारी छ । यसको कारण न्यायालयमा विकृति बढिराखेको छ । उदाहरणको लागि तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रधानन्यायाधीश बनेका बेला न्यायालयमा आफ्नो वरिपरिका व्यक्तिलाई न्यायालयमा प्रवेश गराएका थिए । अहिले न्यायालयभित्र प्रत्यक्ष–अप्रत्यक्ष रुपमा कल्याण श्रेष्ठले खेल्दै आएको स्रोतले बताएको छ । कल्याण श्रेष्ठ प्रधानन्यायाधीश बन्दाखेरी २० जना व्यक्तिलाई सेटिङ मिलाएर छिराएको आरोप छ ।
अहिले न्यायालयबाट बाहिरिएपछि श्रेष्ठले आफ्नो मान्छेलाई फोनबाट प्रयोग गरिरहेका छन् । न्यायालयभित्र सबै काम कल्याण श्रेष्ठले मिलाउँदै आएको बताइन्छ । कल्याण श्रेष्ठको बानी ब्यहोरा नरम असल देखिन्छ र कृष्णको अनुहार भएजस्तै मुसुमुसु हाँसिरहने बताइन्छ । कल्याण श्रेष्ठले सबै सेटिङ न्यायालयभित्र मिलाउने गरेको भनाई छ । अहिले न्यायालयभित्र कहिले के विवाद, कहिले के विवाद चल्ने गरेको छ । न्यायालयभित्र न्यायाधीशबिच एक आपसमा समन्वयकारी भूमिका छैन । एकले अर्काको कुरा काट्ने गरेका छन् । न्यायालयमा राजनीतिक आस्था राख्ने न्यायाधीश धेरै भएको कारणले न्यायालय स्वतन्त्र र स्वच्छ छैन । न्यायाधीश न्यायालयमा छैनन् । सर्वाेच्च अदालत भनेको सम्माननीय अदालत हो, तर सर्वाेच्चका पूर्व प्रधानन्यायाधीशले सम्मानित अदालतलाई बद्नाम गरेका छन् । कतिपय मुद्दा मामिलामा न्यायाधिश मुछिने गरेका छन् । न्यायालयको गरिमा दिनप्रतिदिन न्यायाधीशले गुमाउँदै आएका छन् । न्यायालयभित्र विभिन्न आरोप–प्रत्यारोप लाग्ने गरेको छ । कहिले सर्वाेच्चको भवन बनाउँदा भ्रष्टाचार भयो, कहिले मुद्दा मामिलामा सेटिङ भयो भन्ने समाचार पनि पत्रपत्रिकामा आएका छन् । किन यस्तो समाचार बाहिर आइरहन्छन् । के राजनीतिक दलको कारण या न्यायाधीश भ्रष्ट भएर न्यायलय भित्रको विकृति विसंगतिको समाचार दिनप्रतिदिन बाहिर आएका छन् । न्यायालयभित्र निष्पक्ष छानबिन हुन सकेको छैन । के न्यायालयभित्र तत्कालीन न्यायाधीशको सेटिङ चल्ने गरेको कारणले पनि यस्तो भएको भनाई छ । न्यायाधीशको सम्पत्ति अहिलेसम्म छानबिन भएको छैन । न्यायालय भित्र बिचौलिया खेल्दै आएका छन् । तत्कालीन सरकारको पालामा प्रहरीको आईजीपी बनाउने खेलमा दुर्गा सुवेदीले बिचौलियाको काम गरेको आरोप छ । नेपाल प्रहरीका तत्कालीन जयबहादुर चन्द र नवराज सिलवाल काण्ड हुँदा दुर्गा सुवेदीले बिचौलियाको भूमिका निर्वाह गरेको बताइन्छ ।
दुर्गा सुवेदीले सर्वाेच्चभित्र सेटिङ गरेको आरोप लागेको थियो । अहिले तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायालयमा सेटिङ गरेर न्यायालयभित्र खेल्ने गरेको समाचार स्रोत बताउँछ । के यस्ता पूर्व प्रधानन्यायाधीशलाई कारबाही हुँदैन । न्यायालयभित्र सरकारले एउटा निर्णय गर्ने र न्यायालय क्षेत्रले उल्टाइदिने गरेको छ । नेपाली जनताको आशा र भरोसाको केन्द्र भनेको न्याय क्षेत्र हो । अहिले न्याय क्षेत्र बद्नाम भएको छ । न्याय क्षेत्र बद्नाम गराउन कतिपय बिचौलियादेखि वकिलसम्म जोडिन पुगेको देखिन्छ । अहिले कतिपय मुद्दा न्यायालयमा विचाराधीन अवस्थामा रहेका छन् । न्यायालयभित्र दिनप्रतिदिन विवाद चर्किएको छ । एउटा गरिमा भएको संस्थामाथि न्यायाधीशले खेल्ने गरेका छन् । एकले एउटाको विरोध गरिराखेका छन् । कतिपय मुद्दामा न्यायाधीशले घुस खाएको आरोप छ । यस्ता भ्रष्ट न्यायाधीशलाई छानबिन गरी कारबाहीको दायरामा ल्याएर कारबाही गर्नुपर्ने देखिन्छ । तर अहिले कतिपय न्यायाधीशले कारबाही भोगी राखेका छन् । कारबाही भोगेका न्यायाधीशले गरिमामय सर्वाेच्चमाथि खेल्न थालेका छन् र बिचौलिया प्रयोग गरिराखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *