दक्षिण कोरिया सियोलको एक अस्पतालमा आगलागी : पाँचको मृत्यु, ३७ जना घाइते

देश/विदेश समाचार

काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिण पूर्वमा रहेको इचेनस्थित एक अस्पताल भवनमा भएको आगलागीमा परी पाँच जनाको ज्यान गएको छ भने ३७ जना घाइते भएका छन् ।

स्थानीय समयानुसार बिहान १०ः१७ बजे चार तले भवनमा आगलागी भएको थियो । त्यस भवनको चौथो तल्लामा डायलासिस बिरामीहरू उपचाररत छन् भने दोस्रो र तेस्रो तल्लामा कार्यालयहरू छन् ।

अस्पतालमा ३३ बिरामी र १३ जना स्वास्थ्यकर्मीमध्ये ५ जनाको मृत्यु भएको थियो । तीन जना बिरामी र एक नर्स थिइन् भने बाँकी एकको पहिचान हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *