निर्वाचनपछि आरजुलाई सत्ता हस्तान्तरण गर्ने यस्तो छ देउवाको योजना

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा उमेरको हिसाबले ७५ बर्ष नाघेका छन् । अब आगामी मंसिरमा हुने आम निर्वाचन पछि उमेरकै कारणले गर्दा प्रधानमन्त्री देउवाले सरकारको नेतृत्वबाट हट्ने योजना बनाएका छन् । आफू सरकारको नेतृत्वबाट बाहिरिएपछि पत्नी आरजु देउवालाई आफने स्थानमा स्थापित गर्ने योजना प्रधानमन्त्री देउवाको रहेको छ ।

यो योजनालाई समेत सम्बोन्धन गर्नेगरी उपचारको लागि श्रीमती आरजु देउवा लामो समयसम्म भारतको राजधानी दिल्ली बसेकी थिइन् । यहि बसाइको क्रममा श्रीमती आरजुले भारतीय जनता पार्टीका महत्वपूर्ण र प्रभावशाली नेताहरुसँग भेटवार्ता गरेकी थिइन् ।

यता प्रधानमन्त्री देउवाले भने आफ्नो नेतृत्व पत्नी आरजुलाई हस्तान्तरण गर्ने योजनाका लागि सम्पन्न १४ औं महाधिवेशनमा आफूलाई सभापति हुन सहयोग गर्ने नेताहरुलाई उपयोग गर्ने निति अख्तियार गरेका छन् ।

गठबन्धनको अर्काे प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमति बनेको स्थितिमा कांग्रेसको तर्फबाट सरकारको नेतृत्व आरजु देउवाले गर्ने योजना प्रधानमन्त्री देउवाले बनाएका छन् । प्रधानमन्त्री देउवाले १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा निर्वाचित हुन सहयोग गर्ने रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह, शशाङ्क कोइरालालाई उपयोग गर्ने भएका छन् ।

तर, अहिले पार्टीमा देखिएको शेखर कोइराला नेतृत्वको संस्थापना इतर पक्षलाई भने प्रधानमन्त्री देउवाले उपेक्षा गरेर नै अगाडी बढ्ने भएका छन् । यहि कारणले गर्दा प्रधानमन्त्री देउवामाथि दबाब बढाउनका लागि शेखर कोइराला नेतृत्वको संस्थापना इतर पक्षले निरन्तर बैठक गरेर आफ्नो रणनीति बनाउन र प्रधानमन्त्री देउवामाथि दबाब बढाउन थालेको छ ।

संस्थापना इतर पक्ष सत्तारुढ गठबन्धनमा प्रत्यक्षतर्फको १६५ स्थानमा भागभण्डा भएपछि नेपाली कांग्रेसमा विवाद बढ्ने आफूहरु बलियो स्थितिमा पुग्ने विश्लेषण गरिरहेका छन् । प्रधानमन्त्री देउवा पक्ष पनि सिट बाँडफाडको घटनाले पार्टीमा पु-याउने क्षतिलाई सकेसम्म कम गर्न अहिले देखि नै योजना बनाउन थालेको छ।

तर, प्रत्यक्षतर्फको १६५ स्थानको भागभण्डाले नेपाली कांग्रेसमा ठुलो हलचल उत्पन्न गर्न सक्ने सम्भावना रहेको छ । त्यसकारण प्रत्यक्षतर्फको निर्वाचन क्षेत्रको भागभण्डाबाट कम क्षति होस् भनेर प्रधानमन्त्री देउवाले विभिन्न नेतालाई विभिन्न प्रलोभन बाँड्न थालेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *