निजीलाई कसरी नाफा र सरकारीलाई कसरी घाटा

राजनीति समाचार

काठमाडौं । नेपालमा अहिले सबभन्दा आकर्षक सफल र नाफामूलक भनिएको सिमेन्ट कारखाना हो । सिमेन्ट कारखानालाई आवश्यक पर्ने विजुली सहज रुपमा उत्पन्न हुन थालेपछि सिमेन्ट उद्योगप्रति स्वदेशी लगानीकर्ताको मात्र होइन विदेशी लगानीकर्ता र उद्योगपतिको पनि आकर्षण बढेर गएको छ ।

नेपालभित्र नै कच्चा पदार्थसँगै सहजरुपमा विद्युत समेत उपलब्ध हुने भएपछि र नेपालमा उत्पादन भएको सिमेन्टले भारतीय बजार समेत पाउने भएपछि विदेशी उद्योगपतिहरु पनि नेपालमा सिमेन्ट कारखाना खोल्न र सञ्चालन गर्न आकर्षित हुन थालेका छन् ।

यहि कारणले गर्दा अहिले नेपालमा आधा दर्जन भन्दा बढि सिमेन्ट कारखाना संचालनमा रहेका छन् । र, केहि कारखानाले त आफ्नो उत्पादन सिमेन्टलाई भारतीय बजारमा बिक्रि समेत गर्न थालेका छन् । यसरी नेपालमा सिमेन्ट कारखाना खोल्ने सहज वातावरण बन्न थालेपछि र लगानी पनि राम्रोसँग उठ्न थालेपछि स्वदेशी र विदेशी लगानी सिमेन्ट कारखानाप्रति आकर्षित हुन थालेको हो ।

निजी क्षेत्रका लगानीकर्ता तथा उद्योगपति नेपालमा सिमेन्ट कारखाना खोल्न आकर्षित भइरहँदा सरकारी स्वामित्वको हेटौडा सिमेन्ट प्रतिबर्ष २० करोड रुपैयाँ घाटामा गइरहेको छ । यस हिसाबले गत चार बर्षमा हेटौडा सिमेन्टले ८० करोड रुपैयाँ घाटा व्यहोरिसकेको बताइन्छ ।

आफूले उत्पादन गरेको सिमेन्ट बिक्रि नभएको र मेसिन पुरानो भएको कारणले गर्दा आफूले उत्पादन गरेको सिमेन्ट बिक्रि हुन नसकेको भनाइ महाप्रबन्धक बसन्त पाण्डेको रहेको छ । आफूले उत्पादन गरेको सिमेन्टको विक्रि बढाउनका लागि उत्पादन लागतभन्दा १५३ रुपैयाँ प्रति बोरामा छुट दिएर सिमेन्ट बिक्रि गर्ने योजनालाई कारखानाले कार्यान्वयनमा ल्याएको छ ।

प्रति बोरा उत्पादनमा ९०० रुपैयाँ लागत आउँदा अहिले बजार लिनका लागि प्रतिबोरा सिमेन्ट ७४६ रुपैयाँ ९३ नब्बे पैसामा बिक्रि गरेको कारणले गर्दा पनि कारखानालाई घाटा लागेको भनाइ व्यवस्थापकको रहेको ।

तर, निजी क्षेत्रले कम लागतमा उत्पादन गर्दा हेटौडा सिमेन्टले भने सिमन्टेको उत्पादनमा बढि लागत के कारणले बढि भइरहेको छ भन्नेतिर भने कसैले पनि चासो राखेको छैन । अहिले सरकारी स्वामित्वको उदयपुर सिमेन्ट र हेटौडा सिमेन्ट सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *