एमालेको सरकारजस्तै गठबन्धन सरकार

समाचार

काठमाडौं । नेपाली कांग्रेसको सरकार सुशासन र सेवा प्रवाहमा बदनाम भएको छ । बद्नाम भएपछि मात्र प्रधानमन्त्री शेरबहादुर देउवा झस्केका छन् । प्रधानमन्त्रीकै सचिवालयबाट हुने गतिविधिमा डा.आरजु राणा, भुषण राणा, प्रकाश देउवा, भानू देउवा मात्र छैनन् प्रधानमन्त्रीको किचेन क्याबिनेटका बालकृष्ण खाँड, डा.प्रकाशशरण महत, पूर्णबहादुर खड्का ज्ञानेन्द्र कार्की समेत रहेका छन् । अर्थमन्त्रालयमा चमत्कार भएपछि माओवादीका मारबाडी जनार्दन लाई पुनः अर्थ मन्त्री बनाइयो । प्रशासनिक झमलेला बढेकै छ ।
एमालेका अध्यक्ष ओलीले ४१ महिना सरकार चलाउँदा राजस्व अनुसन्धान, गुप्तचर, सम्पत्ति शुद्धिकरण माथि हालीमुहाली गरेकै हुन् । आज पनि शेरबहादुर देउवा त्यही लाइनमा रहेका छन् । देउवा सरकार ओली सरकार बीच फरक भएन । सरकारले कम्युनिष्ट एकाधिकारबाट देश मुक्त छ भन्ने कतै देखाएन । कर्मचारी सरुवा र बढुवाले सिंहदरबार बद्नाम भएको छ । प्रधानमन्त्रीको कार्यालयले हस्तक्षेप गर्न सकेको छैन ।
नेपाल सरकारका सचिवहरु मुख्य सचिव शंकरदास वैरागी लाई समेत कांग्रेस बन्नुपर्ने बाध्यता छ । केपी ओली सरकारको बेला परराष्ट्रबाट ल्याइएको हो । प्रशासनिक क्षेत्र तहसनहस बनाएर नेपाली कांग्रेस र माओवादीको भगिनी संगठन बनाएको बेला मन्त्रालयको सचिव समेत पार्टी सदस्य बन्नु पर्ने बाध्यता खडा गरिएको छ । अहिले सार्वजनिक खरिद ऐनको खिल्ली उडाइएको छ । प्रहरी र सशस्त्रको सामान खरिदमा बालुवाटार जोडिएको छ । आफ्नाले काम सम्पन्न गरेपछि प्रधानमन्त्री झस्किएका छन् । तर यस्ता भ्रष्टाचारमा प्रधानमन्त्रीले आँखा चिम्लिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *