काजीका मन्त्रीको बाहिरियो करोडौंको काण्ड

समाचार

काठमाडौं । मुलुक किन बनेन ? सोझो उत्तर छ घुस्याहा मन्त्री र कर्मचारीका कारण । तर घुस खान नमान्दा सचिवहरु कसरी फ्याकिन्छन् भन्ने उदाहरण खोज्न टाढा जान पर्दैन सिंहदरबारतिर आँखा लगाए पुग्छ । हालैमात्र शिक्षा मन्त्रालयबाट सचिव यादव कोइराला किन मिल्काइएका होला ? उनलाई तिन महिनामै तीन ठाउँमा किन सरुवा गरिएको होला ? अनि उनको ठाउँमा माओवादी निकटकै मान्छेलाई रोजेर सचिव किन बनाइएको होला ? ्यी यावत प्रश्नको जबाफ खोज्न शिक्षा मन्त्रालयतिर आँखा लगाए पुग्छ । आगामी ४ मंसिरमा प्रदेश र संघको निर्वाचन हुँदैछ । अहिले केही मन्त्रीहरु कर्मचारी सरुवामार्फत त केही सम्बन्धन दिने नाममा समेत घुस उठाउनमा व्यस्त छन । त्यस्तैमध्येको कथा हो यो शिक्षा मन्त्रालयको । शिक्षा मन्त्रालय अहिले सम्हालिरहेका छन् माओवादीका मन्त्री देवेन्द्र पौडेल । कुनै समय बाबुरामको पुच्छर पौडेल अहिले नारायणकाजी निकटका हुन । उनै पौडेल नारायणकाजीको कोटाबाट शिक्षा मन्त्री बन्ने अवसर पाएका छन् र रोचक चाहिँ जति पटक मन्त्रीमण्डल परिवर्तन भएको छ त्यति पटक यो मन्त्रालय नारायणकाजीका मान्छेले मात्र पाएका छन् ।
उनै काजीका मन्त्रीदेखि उनका सचिवलायमा बसेकाहरु अहिले सम्बन्धन र मनासयपत्रका नाममा असुली धन्दा चलाइरहेको भेटिएको छ । लुम्बिनी इन्टरनेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी कलेजलाई इन्जिनियरिङको सम्बन्धन दिने नाममा मन्त्री र उनका सचिवालयबाट करोडौंको डिल भएको भेटिएको हो । एक जना विचौलियामार्फत सो डिल भएको हो । ०७२ मंसिर २५ को कार्यकारी परिषद्को निर्णयबाट विश्वविद्यालयले लुम्बिनी इन्टरनेसनल एकेडेमीलाई मास्टर इन डिजास्टर रिस्क इन्जिनियरिङ तथा कन्स्ट्रक्सन इन्जिनियरिङ एन्ड म्यानेजमेन्टको सम्बन्धन दिइएको थियो तर अहिलेसम्म उसले मन्त्रालयलबाट पाउनु पर्ने मनसाय पत्र (एलओआई) पाएको छैन । कलेजले इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्न शिक्षा मन्त्रालयबाट एलओआई लिनुपर्ने हुन्छ ।तर विश्वविद्यालयले एलओआईबिनै इन्जिनियरिङ पढाउन अनुमति दिएको पाएपछि मन्त्रालयले त्यसैमा कसेर एक करोड रूपैयाँ माग गरेको हो । प्रस्तावनामै बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन, अध्यापन र अनुसन्धान गर्नका लागि उच्च तहका शिक्षण संस्थाहरु सञ्चालन गर्ने उल्लेख गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयबाट चोर तरिका प्रयोग गरेर प्राविधिक शिक्षाका नाममा सम्बन्धन बाँडिरहेको छ । अझ विश्वविद्यालयले केही समय अघि दर्ता नभएका कलेजका नाममा समेत सम्बन्धन बाँडेको पाइएको थियो ।यही सम्बन्धको बिषयमा सचिव कोइराला पोजेटिभ भएनन् । त्यही आधा दर्जन सचिवहरुको सरुवा हुँदा उनी शिक्षाबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्काइए त्यहाँबाट लखेटेर अहिले राष्ट्रपति कार्यालयतिर पु¥याइएको छ भने अहिले शिक्षामा केपी ओलीको कार्याकालमा पेलानमा परेका काठमाडौंका पूर्व सिडिओ रामकृष्ण सुवेदीलाई ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *