गृह मन्त्रालयमा दुई समूह बनाएर ६० लाखको सेटिङ

समाचार

काठमाडौं । नेपालको राजनीतिक दलको कारण जनताततै भ्रष्टाचार, महंगी र अत्याचार बढेको छ । राजनीतिक दलभित्र खिचडी पाकेपछि नेपालको ब्यूरोकेसीभित्र पनि सेटिङ्गै सेटिङ्ग चलाउन तल्लिन रहेका छन् गृमन्त्री बालकृष्ण खाँड । नेपाल प्रहरी र सशस्त्र प्रहरीभित्र पनि सेटिङ्ग मिलाएकै छन् । विभिन्न जिल्ला प्रशासनसम्म सेटिङ्ग मिलाएको अवस्था छ । आगामी मंसिर ४ गते संघ र प्रदेशको चनाव हुँदैछ । चुनावको लागि पैसा बटुल्न लागिपरेका छन् । अहिले गृहमन्त्रालयभित्र पनि सेटिङ मौलाएको छ । गृहमन्त्रालयका उपसचिव स्माखर रेग्मीले गृह प्रशासनमा बसेर सेटिङ मिलाएका छन् । विभिन्न जिल्लाको सिडियो सरुवादेखि विभिन्न मालदार अड्डामा कर्मचारी सरुवा गरेर आम्दानी गरेको बताइन्छ । अहिले गृहमन्त्रालयका उपसचिव स्माखर रेग्मीले एयरपोर्टभित्र अध्यागमनदेखि अन्तर्राष्ट्रिय विमानस्थलभित्र कर्मचारीको सेटिङ मिलाएका छन् । अध्यागमन विभाग र एयरपोटमा पनि दुई समूह बनाएर सेटिङ गरेका छन् । भास्कर रेग्मीले आफ्नै भाइ पर्ने जनक रेग्मी मार्पmत सेटिङ्ग मिलाएका छन् । मासिक रुपमा ३० लाखको दरले पैसा उठाएको अवस्था छ । यसरी सेटिङ्गबाट उठाएको रकम गृहमन्त्रालयका गृहसचिव, सहसचिव र गृहमन्त्री बालकृष्ण खाँडसम्म पु¥याउनुपर्ने भनेर महिनामा ३० लाख उठाएको स्रोतले बताएको छ । त्यसैगरी अन्य जिल्ला प्रशासन कार्यालयबाट समेत पैसाको जोहो गरेको बताइन्छ । साउन महिनामा बाढी, पहिरोको समय यस जिल्लामा बाढी, पहिरोको कारण नेपाली जनता विस्थापित भएका छन् । त्यसतर्पm उद्दारको काममा ढिलासुस्ती भएका छन् भने कतिपय नेपालीले राहत पाउन सकेका छैनन् । गृहमन्त्री भने यस विषयमा मुकदर्शक बनेका छन् ।
यसरी व्यापारीसँग सेटिङ्गमा मन्त्री र कर्मचारीले पैसा असुलेपछि बजार मूल्य बृद्धि भएको छ । चुनावका कारण अधिकांश उद्योगी, व्यपारीले राजस्व छलेका छन् । व्यापारीले राजनीतिक दलका नेतालाई आगामी मंसिर ४ गतेको चुनावको लागि खर्च पानी म सहयोग गर्छु भन्दै राजनीतिक दलका मन्त्री र नेतालाई चाडकी गरिराखेका छन् भने चुनावको कारण अधिकांश उद्योगी व्यापारीले राजस्व छलेकाछन् । व्यापारीले राजनीतिक दलका नेतालाई आगामी मंसिर ४ गतेको चुनावको लागि खर्चपानीमा सहयोग गर्छु भन्दै राजनीतिक दलका नेता र मन्त्रीलाई चाकडी गरिरहेका छन् । गृहमन्त्रालयका कर्मृचारी कमाउ धन्दामा लागेका छन् । स्माखर रेग्मी चल्दापुर्दा कर्मचारीमा गनिन्छन् । पहिला पनि विभिन्न जिल्ला प्रदेश जस्ता मालदार अड्डामा बसेर राम्रो आम्दानी गरेको बताइन्छ । खासगरी कर्मचारी वर्गभित्र जुनसुकै राजनीतिक पार्र्टीको सरकार बनेपनि राजनीतिक लदको चाकडी र मन्त्रीको चाकडी गरेरै मत हजुरको मान्छे पार्र्टीलाई सहयोग गर्दै आएको छु । पार्र्टीलाई पनि सहयोग गरेकै छु, हजुर भन्दै कर्मचारीले सबै राजनीतिक दलको पार्र्टी सदस्यता लिने गरेका छन्् । कतिपय राजनीतिक दलको संगठनमा बसेका नेताबाहेक अन्य कर्मचारीले सबैदलको सदस्यता लिएका छन् र राजनीतिक दलको आडमा मालदार मन्त्रालय, विभाग र आयोजनामा बस्दै कमाउने धन्दा चलाउँदै आएका छन् । कतिपय कर्मचारीलाई कर्मचारी भित्रबाट आपूmले भनेको ठाउँ र अड्डामा जान नपाएपछि कर्मचारीले अन्य कर्मचारीको विरोध गर्दै आउने र त्यसले भ्रष्टाचार ग¥यो भन्दै अख्तियारमा उजुरी हाल्न लगाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *