उपेन्द्र यादवलाई टक्कर दिन सिके राउत मैदानमा उत्रदैँ

राजनीति समाचार

काठमाडौं । २०७५ सालमा सरकारसँग सम्झौता गरेर हिसांत्मक गतिविधि परित्याग गरेर मुलधारको राजनीतिमा समावेश भएको सिके राउत नेतृत्वको जनमत पार्टी यो आम निर्वाचनबाट मधेश प्रदेशमा वैकल्पिक शक्ति हुने योजनाका साथ अगाडि बढिरहेको छ । २०७४ सालको आम निर्वाचनको परिणामबाट मधेस प्रदेशमा जनतासमाजवादी र लोकतान्त्रिक समाजवादी प्रमुख राजनीतिक शक्तिका रुपमा देखिएका छन् ।

अहिले आपसी विवादको कारण जनता समाजवादी र लोकतान्त्रिक समाजवादी मिलेर गठन भएको जनता समाजवादी विवाजित भएपछि अहिले मधेस प्रदेशमा सरकारको नेतृत्व लालबाबु राउत मार्फत जनतासमाजवादीले गरिरहेको छ भने लोकतान्त्रिक समाजवादी प्रतिपक्षमा रहेको छ । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा जनता समाजवादीले २५ वटा स्थानीय तहमा विजय प्राप्त गर्न सफल भएको थियो भने लोकतान्त्रिक समाजवादीले १४ वटा स्थानीय तहमा विजय प्राप्त गरेको थियो ।

जसपाले २५ र लोसपाले १४ वटा स्थानीय तहमा विजय प्राप्त गर्दा सिके राउत नेतृत्वको जनमत पार्टीले केहि स्थानमा विजय प्राप्त गरेको छ । सम्पन्न स्थानीय निर्वाचनमा केहि स्थानमा मात्र जित निकालेको भएपनि अब मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनमा भने जनमत पार्टी मधेस प्रदेशमा वैकल्पिक पार्टी हुने लक्ष्यसहित अगाडि बढिरहेकोे छ ।

यसक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतले जनतासमाजवादीका अध्यक्ष उपेन्द्र रादवलाई ७० भोट २ नम्बर प्रदेशमा संघिय संसदको उम्मेदवारी दिएर सिधा चुनौती दिने भएका छन्

। अहिले मधेस प्रदेशमा उपेन्द्र यादव नेतृत्वको जनतासमाजवादी सबभन्दा ठुलो दलको हैसियतमा रहँदा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीले सत्तारुढ गठबन्धनमा सामेल भएर जनतासमाजवादीलाई चुनौती दिदैँ आफ्नो प्रभाव बिस्तार गर्ने योजना बनाएको छ ।

यो योजनाअनुसार अब चाडैँ नै लोकतान्त्रिक समाजवादी पाँच दलको गठबन्धनमा र शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल हुने भएको छ । यससम्बन्धमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डकाबीचमा छलफल भइसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *