बामदेव गौतम पनि माओवादीकै चिन्ह लिएर निर्वाचनमा जाने

राजनीति समाचार

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) को हँसिया हथौडा चुनाव चिन्ह लिएर आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा भाग लिने सहमति भएसँगै नेकपा (राष्ट्रिय एकता अभियान) का संयोजक वामदेव गौतम पनि सोही निर्वाचन चिन्ह लिएर चुनावमा जाने भएका छन् । मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको माओवादीको स्थायी कमिटी बैठकले बैठकले गौतमलाई पनि हँसिया हथौडा चिन्हबाट मतदानमा भाग लिनको लागि स्विकृति दिने निर्णय गरेको हो ।

एउटै चुनाव चिन्हबाट सहभागी हुनेबारे मंगलबारै निर्वाचन आयोगमा पुगेर जानकारी गराइने तयारी यी दलहरुको रहेको छ ।

तत्कालीन नेकपामा विभाजन देखिएपछि तटस्थ बसेका वामदेव एमाले ब्यूँतिएपछि केपी शर्मा ओली नेतृत्वमा बस्न नसक्ने भन्दै बाहिरिएका थिए ।

त्यसपछि नेकपा राष्ट्रिय एकता अभियान नामक दल पनि उनले निर्वाचन आयोगमा दर्ता गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *