अधिकांश सरकारी कार्यालयका शौचालय दुर्गन्धित

समाचार

सावित्री खत्री
काठमाडौं । नेपाल प्रहरी कार्यालय भित्र रहेका क्यान्टिनदेखि शौचालयसम्म दूर्गन्धित रहेका छन् । नेपाल प्रहरीभित्रका शौचालय सबै काम नलाग्ने अवस्थामा रहेका छन् । प्रायजसो प्रहरीले क्यान्टिन सञ्चालन गरेको खाना पसल समेत साफा नरहेको बताइन्छ । नेपाल प्रहरीले सञ्चालन गरेको क्यान्टिन र शौचालय एउटै रहेको बताइन्छ । कतिपय प्रहरी वृत्तदेखि प्रभावसम्म सिपाइदेखि आगन्तुक शौचालयको भारमा परेका छन् । शौचालय दुर्गन्धित अवस्था रहेको पाइन्छ । यसतर्पm ध्यान कसैले दिएको छैन । प्रहरीले पक्राउ गरी ल्याएका व्यक्तिसमेत शौचालय जान नमानेको गुनासो आइरहेका छन् । तर, प्रहरीले यस्तै शौचालय प्रयोग गर्ने गरेका छन् ।

यतिमात्रै नभएर कतिपय शौचालयमा पानी नभएर दूर्गन्धित अवस्थामा रहेका छन् । नेपाल प्रहरी भित्रमात्र नभएर सशस्त्र प्रहरी बलका शौचालयसमेत दूर्गन्धित रहेका छन् । प्रहरीका वरिष्ठ अधिकृतबाहेक तल्लो तहका प्रहरीदेखि सिपाहीर अन्य आगन्तुकलाई एउटै शौचालय सञ्चालन गर्न दिने गरेका छन् । यस्ता शौचालयमा सरसफाई गर्ने बजेट र जनशक्तिको अभाव भएको हो ? अथवा बजेट नभएर हो ? या भ्रष्टाचार गरी खाएको कारणले शौचालय थुप्रै रहका छन् । कतिपय प्रहरीका गुल्म, गण, चेकपोष्ट सामुदायिक प्रहरी बस्ने ठाउँमासमेत दूर्गन्धित रहेको पाइन्छ । यस्तो विषयमा कुनैपनि निकायले अनुगमन गरेको छैन । खासगरी अधिकांश जिल्ला प्रदेश र स्थानीय निकायमा रहेका सुरक्षा कार्यालयमा शौचालय दूर्गन्धित अवस्थामा रहको पाइन्छ । प्रहरी कार्यालयमा मात्र नभएर अधिकांश जिल्ला प्रशासन कार्यालयमा समेत शौचालयको अभाव रहेको छ ।

पानीको अभाव, ढलको अभाव रहेको छ तर प्रहरी कार्यालयदेखि जिल्ला प्रशासन कार्यालय विभिन्न व्यक्तिसित समाजसेवा गर्ने व्यक्तिलाई बनाई दिनुप¥यो भन्दै सहयोग मागे तापनि अधिकांश जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा शौचालयको अभाव र फोहोरले दूर्गन्धित रहेको पाइन्छ । तर, कार्यालय प्रमुख भने कताबाट कमिसन खान पाइन्छ भन्दै रमाउने गरेका छन् । शौचालयको बारे ध्यान दिएका छैनन् ।

अहिले सुरक्षा निकायभित्र मात्र नभएर नेपाल सरकारको स्वामित्वमा रहेका सरकारीदेखि विभिन्न कार्यालय, मन्त्रालय, विभाग, आयोजना जस्ता निकायमा सार्वाजनिक शौचालय नभएको र भएको पनि दूर्गन्धित रहेको पाइन्छ । नापी, मालपोत, भौतिक पूर्वाधार, गृह, परराष्ट्र, सुरक्षा जस्ता भूमि तथा कृषि मन्त्रालय, याताया कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालयदेखि काठमाडौं सिडीयो कार्यालयमा दुर्गन्धित अवस्थामा शौचालय रहेका छन् । यस्तै सार्वजनिक शौचालयमा पनि व्यापक दुर्गन्धित भएको छ

। ब्यापक रुपमा शौचालयमा पैसा उठाएपनि शौचालय सफा गरेको पाइँदैन । खासगरी सार्वजनिक शौचालयमा व्यापक रुपमा दूर्गन्धित अवस्थामा छ तर बाटोमा हिड्ने यात्रु र गाडीबाट ओर्लने यात्रुबाट विभिन्न स्थानमा रहेका सार्वजनिक शौचालयका मानिसले प्रत्येक व्यक्तिसित १० देखि १५ रुपैयाँ लिने गरेका छन् । तर, शौचालयको अवस्था हेर्दा दुर्गन्धित फैलिने गरेको छ । यसतर्पm कुनैपनि निकायले ध्यान दिएको छैन । महानगरपालिकाले सञ्चालन गरेको शौचालयमा समेत फोहरी अवस्थामा रहेको छ । काठमाडौं उपत्याकाभित्र रहेका अधिकांश शौचालय काम लाग्ने र सफा रहेका छैनन् भने पानीको कारण पनि अधिकांश यात्रुले शौचालयको समस्या भोग्नुपरेको अवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *