फोहोर ढुवानी गर्न निःशुल्क टिपर उपलब्ध

राजनीति समाचार

काठमाडौँ । काठमाडौँबाट फोहोर बोकेर ६० गाडी बञ्चरेडाँडातर्फ गएका छन् । काठमाडौँ महानगरपालिकाको टेकु ट्रान्सप्लान्ट स्टेशनमा थुपारिएको फोहोर लिएर नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको १८ वटा, काठमाडौं महानगरपालिकाको १२ वटा टिपर र समानान्तर फोहोरमैला प्रालिको ३० वटा टिपरले फोहोर बोकेर बञ्चरेडाँडा गएका हुन् ।

को महानगरका प्रवक्ता नविन मानन्धरकाअनुसार समानान्तर फोहोरमैला प्रालिको ३० वटा टिपरले निःशुल्क ढुवानी गरेको हो । यस्तै नेपाल टिपर तथा टिपर व्यवसायी समितिको १८ वटा टिपरका चालकले एक हजार रुपियाँ ज्याला र डिजेल महानगरले दिएको छ । टिपर भाडा भने निःशुल्क हो ।

काठमाडौं महानगरपालिकाको अनुरोधमा फोहोर मैला व्यवस्थापन गर्न आज टिपरले नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले निःशुल्क फोहोरमैला ढुवानी गर्न सहयोग छ । स्थानीयको अवरोधपूर्ण रुपमा नहटेकाले आज पनि प्रहरी परिचालन गर्दै फोहोर लगिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *