चीनले लगायो नेपालमाथि नाकाबन्दी

देश/विदेश समाचार

काठमाडौ । २०७२ असोज ३ गते संविधान सभाले संविधान जारी गरेको प्रति आक्रोश व्यक्त गर्दै दक्षिणतिरको छिमकी भारतले नेपालको विरोद्धमा अगोशित नाकाबन्दी गरेको थियो । ६ महिना सम्म कायम रहेको उक्त नाकाबन्दीले नेपाली जनताको दैनिक जनजीवनलाई अस्तव्यस्त बनाएको थियो ।

भारतले आफ्नो भौगोलिक अवस्थाबाट फाइदा लिदैँ नेपालमाथि नाकाबन्दी लगाएपछि र नेपालको अधिकांश निर्भता भारतसँग भएको अवस्थामा नेपालले भारतसँगको निर्भतालाई घटाउँदै चीनसँगको कारोबार बढाउने र यसका लागि चीनसँगका थप नाकाहरु खोल्ने निर्णय गरेको थियो । तर, भारतले नाकाबन्दी खुला गरेसँगै चीनसँग व्यापारी कारोबार बढाउने नितिलाई नेपाल सरकारले त्यतिखेर नै बिच्कियो ।

अहिले उत्तरतिरको छिमेकी मुलुकले कोरोना महामारीलाई कारण बनाउँदै फेरि चल्तिका दुइनाका तातोपानी र रसुवा गढि बन्द गरेको छ । चीन सरकारले नेपालसँगका दुइ प्रमुख नाका बन्द गरिदिएपछि मुख्य रुपमा नेपालका व्यपारीहरुलाई ठुलो असर परिरहेको छ ।

कोरोना महामारी फेरि फर्किन सुरु गरेसँगै नेपालबाट चीन प्रवेश गर्ने नेपालीले यो महामरी फैलाउन सक्ने आशंका गरेर चीनले तातोपानी र रसुवागढि नाका बन्द गरेको हो । पछिल्लो समयमा नेपालको निकटता भारत र अमेरिकासँग बढ्न थालेपछि चीनले नेपालसँगको नाकामा कडाई गरेर आफ्नो प्रतिक्रिया व्यक्त गर्न थालेको छ । तर, दुइ प्रमुख तातोपनी र रसुवा नाका चीन सरकारले बन्द गरिदिदा पनि नेपाल सरकारको तर्फबाट भने यी नाका खुलाउनतिर अहिलेसम्म कुनै पहल भएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *