दल र नेताले दोहोरो भूमिका खेल्दा पास भयो नागरिकता विधेयक

राजनीति समाचार

काठमाडौं । गत साउन ३१ गते १५ वटा सुझाव सहित राष्ट्रपतिले फर्काएको नागरिकतासम्बन्धी विधयेकलाई पाँच दलको गठबन्धनको निर्देशनमा संयुक्त सरकारले जस्ताकोतस्तै पुन ः राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरेको थियो । यो निर्णयअनुसार गत भदौ २ गते सरकारले प्रतिनिधिसभामा नागरिकतासम्बन्धी उक्त विधयेकलाई प्रश्न गरेको थियो । सरकारले प्रस्तुत गरेको उक्त विधेयकमाथि छलफल पछि मतदान हँुदा पक्षमा १३५ र विपक्षमा ६० मत परेको छ ।

नागरिकतासम्बन्धी यो विवादास्पद विधेकयको विरोधमा संसदमा ९८ स्थान भएको प्रमुख प्रतिपक्ष नेकपा एमाले देखि संसदमा १÷१ स्थान भएका राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, र राष्ट्रिय प्रजातन्त्र पार्टी समेत रहेका छन् । तर, यो प्रस्तावको विपक्षमा भने जम्मा ६० मत परेर परिणामले राजनीतिक क्षेत्रमा अर्काे आश्चर्य थप्ने काम गरेको छ । यो विधेयकलाई लिएर गठबन्धनका दलहरु समेत दोहोरो भूमिका निर्वाह गरिरहेको अवस्थामा प्रस्तावको विपक्षमा जम्मा ६० मत पर्नुलाई धेरैले आश्चर्यजनक मानेका छन् ।

गत साउन ३१ गते राष्ट्रपतिले विभिन्न १५ वटा सुझावसहित फर्काइदिएको उक्त विधेयकलाई जस्ताकोतस्तै अगाडी बढाउने निर्णय यहि भदौ १ गते बसेको गठबन्धनका दलहरुका नेताले गरेका थिए । गठबन्धनको एउटा घटक राष्ट्रिय जनमोर्चाले यो विधयेक अगाडी बढाउन नहुने मत उक्त छलफलमा राखेको थियो भने यहि भदौ २ गते यो विधयेकमाथि संसदमा छलफल हुँदा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विधेयकलाई फिर्ता गर्नुपर्ने मत राखेकी थिइन् ।

तर, राष्ट्रिय जनमोर्चाको अडान विपरित गठबन्धनले यो विधयेकलाई जस्ताकोतस्तै संसदमा पुनः छलफलमा राखेर अनुमोदनको प्रक्रिया अगाडी बढाएको छ । पार्टीको लाइन विपरित नागरिकतासम्बन्धी यो विधयेक पुन ः प्रक्रियामा अगाडी बढ्दा पनि राष्ट्रिय जनामोर्चाले कुनै प्रतिक्रिया व्यक्त गरेको छैन । यसैगरी पार्टीको लाइनविपरित गठबन्धनले राष्ट्रपतिले सुझावसहित फर्काएको विधेयकलाई जस्ताकोतस्तै अगाडी बढाउँदा पनि राष्ट्रिय जनमोर्चाले गठबन्धनबाट बाहिरिने निर्णय गरेको छैन । यसैगरी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि यो विधेयकको विरोध गरेका थिए । र, यस्तो विधयेक ल्याउन नहुने अडान राखेका थिए ।

तर, उनकै पार्टी एकीकृत समाजवादी समेत समिलित भएर राष्ट्रपतिले दिएको सुझावलाई समेत उपेक्षा गर्दै प्रक्रिया अगाडी बढाएकोमा एकीकृत समाजवादीका नेता झलनाथ खनाले कुनै प्रतिक्रिया व्यक्त गरेका छैनन् । यो मामिलामा एकीकृत समजवादीका सम्मानित नेता खनालले पनि दोहोरो भूमिका निर्वाह गरेको देखिएको छ । यसैगरी यो विधेयकको चर्काे विरोध गर्ने प्रमुख प्रतिपक्ष एमालेले पनि दोहोरो भूमिका निर्वाह गरेको टिप्पणी राजनीतिक क्षेत्रमा आएको छ । एमालेले दोहोरो भूमिका निर्वाह गरेकै कारणले गर्दा यो विधेयकको विपक्षमा जम्मा ६० मत परेको हो भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *