लोकतान्त्रिक समाजवादी कांग्रेस गठबन्धनबाट पछि हट्दै जनमतसँग लहसिँदै

राजनीति समाचार

काठमाडौं । आफूले अगाडि सारेको मस्यौदा अनुसार नागरिकता सम्बन्धी ऐन ल्याउनुपर्छ भन्ने लोकतान्त्रिक समाजवादीको मागलाई सम्वोधन गर्दै सरकारले विवाह गरेलत्तै विदेशी महिलाले नेपालको नागरिकता पाउने गरी नागरिकता सम्बन्धी कानुन संशोधन प्रक्रिया अगाडि बढाएको भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरेको गठबन्धन र सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी नजाने भएको छ ।

प्रधानमन्त्री देउवा संयोजक रहेको सत्तारुढ गठबन्धनमा लोकतान्त्रिक समाजवादीसँगै बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी र नेकपा एकीकरण राष्ट्रिय अभियान गठबन्धनमा सामेल हुने भएका थिए । तर, पाँच दलीय गठबन्धनमा अरु तीन दल समावेश हुँदा गठबन्धनको संरचना नै भ्रगोल हुने निश्कर्ष निकाल्दै लोकतान्त्रिक समाजवादी गठबन्धनमा समावेश नहुने भएको हो । आगामी आमनिर्वाचनमा सबैभन्दा ठूलो दल हुने लक्ष्य राखेको नेपाली कांग्रेस मधेस प्रदेशमा राम्रो परिणाम ल्याउनका लागि लोकतान्त्रिक समाजवादी पार्टीलाईसमेत गठबन्धनमा ल्याएर चुनावी सहकार्य गर्ने योजनामा रहेको थियो ।

तर, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महत्व गठबन्धनको पक्षमा भएपछि वरिष्ठ नेताहरुको बहुमत भने गठबन्धनको विपक्षमा भएकाले प्रधानमन्त्री देउवा नेतृत्वको सत्तारुढ गठबन्धनमा लोकतान्त्रिक समाजवादीमा सामेल नहुने भएको हो । अब लोकतान्त्रिक समाजवादीको सिके राउत नेतृत्वको जनमत पार्टीसँग चुनावी सहकार्य हुने सम्भावना बढेर गएको छ । जनमत पार्टीका अध्यक्ष राउतले सप्तरीको २ नम्बर क्षेत्रमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई चुनौति दिने घोषणा गरिसकेकाले जनमत र लोकतान्त्रिक समाजवादीको गठबन्धन बन्न सक्ने सम्भावना देखिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *