विगतका हरुवाहरु एकठाउँमा उभिएर अबको आम निर्वाचनमा भिड्ने

राजनीति समाचार

काठमाडौं । गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी हालै मात्र निर्वाचनमा आयोगमा दर्ता भएका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको नेतृत्वमा गठन भएको नेकपा एकता राष्ट्रिय अभियानकाबीचमा उपगठबन्धन बनेर माओवादी केन्द्रको चिन्ह हसिया हथौडा लिएर आगामी आम निर्वाचनमा उत्रने भएका छन् ।

माओवादी केन्द्रबाहेक माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी बाबुराम नेतृत्वको नेपाल समाजवादी र वामदेव नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले अहिलेसम्म कुनैपनि निर्वाचनमा सहभागि भएका छैनन् । माओवादी केन्द्र पनि पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा एकल उपस्थिति जनाएको छ । पहिलो संविधानसभा निर्वाचन माओवादीका लागि उत्साहजनक रहेको भएपनि दोस्रो संविधान सभा निर्वाचन त्यसैगरी निराशाजनक रहेको छ ।

र, २०७४ सालमा सम्पन्न्न भएको स्थानीय निर्वाचन माओवादी केन्द्रले नेपाली कांग्रेससँग मिलेर र २०७४ सालमा नै सम्पन्न भएको आम निर्वाचन नेकपा एमालेसँग मिलेर रहेको थियो । गत बैशाखमा सम्पन्न भएको स्थानीय निर्वाचन पनि माओवादी केन्द्र गठबन्धनमार्फत नै लडेको छ । यस हिसाबले यो उपगठबन्धनमा सामेल कुनैपनि दलले कुनैपनि निर्वाचनको एकल अनुभव गरेका छैनन् ।

एकबर्ष अगाडी मात्र एमालेबाट विवादित भएर गठन भएको एकीकृत समाजवादी आम निर्वाचनपछि माओवादी केन्द्रसँग एकीकरण गर्ने भएको छ । केहि समय अगाडी जनातासमाजवादीले निष्काशन गरेपछि बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी पुनर्गठन गरेका छन् । यसगरी नेकपा एमालेका पुर्व उपाध्यक्ष वामदेव गौतमले नेकपा एमाले विवाजित भएपछि पार्टी परित्याग गरेर बसेको अवस्थामा सबै कम्युनिष्टलाई एकठाउँमा ल्याउने भनेर नेकपा एकता राष्ट्रिय अभियान पार्टी गठन गरेका थिए ।

अब बाबुराम भट्टराईको नेपाल समाजवादी र वामुदेव गौतमको नेकपा एकता राष्ट्रिय अभियान माओवादीको चिन्हबाट चुनाव लड्ने भएको छ । २०७४ सालमा सम्पन्न भएको आम निर्वाचन नयाँ शक्ति पार्टीका अध्यक्ष रहेका बाबुराम भट्टराईले नेपाली कांग्रेसको समर्थनमा गोर्खाको २ नम्बर क्षेत्रबाट चुनाव लडेका थिए । यसैगरी २०७४ सालको आम चुनावको बर्दियाबाट एमालेको उम्मेदवार रहेका वामदेव गौतमलाई कांग्रेस नेता सञ्जय कुमार गौतमले पराजित गरिदिएका थिए ।

यसरी एक्लै चुनाव लड्ने हिम्मत नगरेका र पराजित भएका नेताहरु अबको आम निर्वाचन माओवादी केन्द्रको चुनाव चिन्हमार्फत लड्ने भएका छन् । र, माओवादी र एकीकृत समाजवादीका बीचमा आम निर्वाचनपछि एकीकरण गर्ने सहमति दुइ अध्यक्ष प्रचण्ड र नेपालले गरेका छन् । र, यो एकीकरणका लागि अब केहि दिनमा नै संयुक्त कार्यदल गठन हुने भएको छ । माओवादीको चुनाव चिन्हबाट आगामी आम निर्वाचन लड्ने बाबुराम भट्टराई, वामदेव गौतम र माधवकुमार नेपालले माओवादीसँग मिलेर साँझा घोषणापत्र समेत सार्वजनिक गर्ने भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *