प्रभु बैंकका कर्मचारी चिढिए

समाचार

काठमाडौं । सेन्चुरी बैंकसँग मर्ज गर्ने तयारीमा रहेको प्रभु बैंकले एकै पटक ठूलो संख्यामा कर्मचारीको बढुवा गरेको छ । प्रभुले एकै पटक एक हजार कर्मचारीको बढुवा गरेसँगै बैंकिङ क्षेत्रमात्र होइन मर्जको तयारीमा रहेको सेञ्चुरी बैंकमा हलचल पैदा भएको हो । झण्डै तीन हजार कर्मचारी कार्यरत रहेको प्रभुले कार्यकारी तहमा दिनेश थकाली र रेणुप्रसाद पाण्डेसहित एकै पटक एक हजार कर्मचारीको बढुवा गरेको हो । सहायक महाप्रबन्धक थकालीलाई एक तह बढुवा गरी नायव महाप्रबन्धक बनाइएको छ । त्यस्तै, यसअघि चिफ म्यानेजर रहेका रेणु पाण्डेलाई सहायक महाप्रबन्धक र सिनियर म्यानेजर रहेकी रश्मी पन्तलाई चिफ म्यानेजरमा बढुवा गरिएको छ । यसका अलवा एक दर्जन सिनियर म्यानेजर तहका कर्मचारीलाई चिफ म्यानेजरमा बढुवा गरिएको छ । आफ्नो कर्मचारीलाई एक तह बढुवा गरेसँगै मर्ज हुँदा आफुनै कर्मचारी उच्च तहमा हुने भएका कारण प्रभुले यस्तो चलाखी गरेको बताइन्छ । कर्मचारी बढुवाका आधार भने कार्यसम्पादन मूल्यांकनलाई देखाइएको छ ।
यो बढुवा प्रकरणले अहिले अर्काे प्रश्न उठेको छ एक जना महिला कर्मचारीलाई लिएर । ती महिला कर्मचारी प्रभुमा छिरेको सात बर्षमै उच्च पदमा पुगेसँगै त्यस्ले कर्मचारीबीच नै संशय पैदा गरेको छन् । ७२ सालमा बिजनेश प्लानिङ अफिसरको रुपमा बैंक छिरेकी रश्मी पन्तलाई पाँच वर्षभित्रैमा चिफ अपरेटिङ अफिसर बनाइएको थियो । पन्तलाई प्रभु बैंकको व्यवस्थापनले अस्वभाविक बढुवा गरी सिनियरलाई पाखा लगाए पछि प्रभुका कर्मचारी रुष्ट बन्न पुगेका थिए । योग्य र इमान्दारलाई पाखा लगाएर जुनियर कर्मचारीहरुलाई रातारात बढुवा गरिएपछि प्रभुको उच्च तहमा पुगेका धेरै सिनियर कर्मचारी चिढिएका थिए । बर्षौदेखि बैंकमा काम गर्दै आएका, पन्तभन्दा कैयौं गुणा बढि सिनियहरुलाई समेत पाखा लगाएर सन २०२० मा मानव संशाधन विभाग तथा कर्पाेरेट अफिसर सिओओ बनाइएसँगै त्यहाँका कर्मचारी रुष्ट बन्न पुगेका हुन । सबै कर्मचारीको बढुवा गरिँदा अहिले उनलाई एक तह बढुवा गरिँदा चिफ अपरेटिङ अफिसर पदमा बढुवा गरिएको हो ।
कर्मचारीहरुले उठाएको प्रश्नको विषयमा जवाफ नदिई सिईओ अशोक शेरचन विदेश उडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *