सडक विभागमा सरुवा आतङ्क

समाचार

काठमाडौं । आगामी मंसिर ४ गतेको चुनावलाई लिएर अभिकांश मन्त्रालयका सहसचिव सरुवा गर्ने भउका छन् र अझै पनि सरुवाको तयारी सरकारले गरेको बताइन्छ । किनकी निर्वाचन आचाँरसंहिता लाग्नुभन्दा कहि हप्ता अगाडी कर्मचारी सरुवाको तयारी गर्ने अवस्थामा सरकारले सिडियोदेखि नेपाल प्रहरी ससस्त्रप्रहरीका उच्च तहका प्रहरीदेखि विभिन्न मन्त्रालयका सहसचिव उपसचिव सरुवा प्रक्रिया अगाडि बढाउने भएको छ ।

तर भदौ असोजमा कर्मचारी सरुवा गर्ने बेलापनि भएकाले कर्मचारी सरुवा बढुवा गर्ने तयारी गरिदैछ र कर्मचारी पनि सरुवाको लागि विभिन्न पार्टीनिकट कर्मचारी संगठनका नेता र राजनीतिक दलका नेतामन्त्रीसित हारगुहार गरेको अवस्था छ । खासगरी कर्मचारी निर्वाचन आयोग गृहमन्त्रालय उद्योग विभाग भन्सार कार्यालय कर कार्यालय नापी मालपोत जस्तो ठाउँमा जानको लागि हानथाप गरिराखेका छन् । गत बिहीबार भौतिक पुर्वाधार तथा यातयात मन्त्रालयले केही कर्मचारी सरुवा गरेको छ । रेल विभागको डिजीमा रोहित कुमार विश्वलाललाई विभागको महानिर्देशक बनाएको छ भने संघिय सडक सूपरिवेक्षण कार्यालयमा प्रेमप्रकास खत्रीलाई सरुवा गरेको छ । श्याम खड्कालाई उत्तर दक्षिण लोकमार्ग आयोजनमा पठाएको छ भने चुँडा ढकाललाई रिप शाखामा सरुवा गरेको छ ।
यस्तै सम्भार महाशाखामा बस्दै आएका प्रभात झालाई मन्त्रालयमा सरुवा गरेको छ ।

उता नागढुङ्गा सडक आयोजनाका नरेश मान शाक्यलाई सम्भार महाशाखामा ल्याएको बताइन्छ । यस्तै मदन भण्डारी राजमार्ग आयोजना अन्तर्गत हेटुङका राजेस दासलाई विभागमा थन्काएको अवस्था छ । राजनीतिक दलका मन्त्री परिवर्तन हुन्छन् अनी मन्त्रीले कर्मचारी सरुवा गर्ने चलन छ । कर्मचारी सरुवाको कारणपनि कर्मचारी राम्रो कामगरी राखेको छैन । मन्त्री फेरिएपछि कर्मचारी फरिने कारणले विकासको काम अलपत्र बन्ने छ । कर्मचारीले समयमा कामगर्न पाएका छैन ।

र एउटा मन्त्री आउँछ ६ महिना टिक्न नपाउँदै फेरि मन्त्री फेरिन्छ र कर्मचारी फेरिन्छन् । मन्त्रीले समालेको मन्त्रालयको कामको फेहस्ति र कर्मचारीले गरेको कामको मूल्याङ्कन गर्नलाई ६ महिना लाग्छ त ? ६ महिना नपुग्दै मन्त्री र कर्मचारी डिजी सचिव फेर्ने चलनले अधिकांश विकासको काम अलपत्र बन्ने गरेका छन् । काम गर्ने कर्मचारी र काम नगरी खाने कर्मचारी एउटै डालोमा राख्ने गरेका छन् । अधिकांश विकासको काम अलपत्र बन्ने गरेका छन् । एउटा मन्त्री, एउटा सचिव डिजीले कामको तयारी योजना बनाएर कामको कार्यान्वयन हुन पाएको हुँदैन मन्त्री फेरिन्छन्, सचिव फेरिन्छन्, डिजी फेरिन्छन् । अनि ठेक्का लगाएको काम अलपत्र बन्ने गरेका छन ।

एउटा मन्त्रीले गरेको काम अर्काे मन्त्री आएर उल्टाउने, एउटा सचिव डिजीले कामको सुरुवात गर्न स्टमेन्ट तयार गरिसकेको अवस्थामा अरको सचिव र डिजी आएर कामको योजना रद्द गरेको हुन्छ । त्यसकारण पनि विभिन्न आयोजना विभिन्न प्रोजेक्टको काम बेलामा गर्ने गरेका छैन । यसको लागत बढेर जाग्ने गरेको छ । मन्त्री सचिव, डिजी फेरिँदा विभिन्न आयोजना देखि विकासे अड्डाको कामको ठेक्का समेत रद्द गरिन्छ र टेण्डर गरिन्छ । मन्त्री सांसद सचिव डिजीमा आफ्ना नातागोता लाई टेण्डर खोलेर ठेक्का लगाउने काम गरेका छन् । जस्तै सडक विभागको डिजीका उदाहरण लिँदा तत्कालनि मन्त्री रेणु कुमारी यादवले तत्कालीन डिजी सडक विभागका महानिर्देशक अर्जुन थापालाई हटाएर शिवहरी सापकोटालाई महानिर्देशक बनाएकी थिइन ।

शिवहरी सापकोटा उमेर हदको कारण अवकास पाएपछि सडक विभागकै सिनियर जेष्ठताको हैसियतले शिव नेपाललाई महानिर्देशक बनाउनु पर्नेमा शिव नेपाल लाई बाइपास गरी मन्त्रीले तत्कालीन मन्त्रीले हटाएका अर्जुन थापालाई महानिर्देशक बनाएका छन् । उता रेल विभागको महानिर्देशकमा पनि शिव नेपाललाई नबनाएर रोहित बिसोराललाई रेल विभागको डिजी बनाएको छ । यसरी हेर्दा चाँहे राजनीतिक दलमा होस् या सुरक्षा निकाय देखि कर्मचारी क्षेत्रमा समेत सिनियर जुनियर र क्षमता हेरिएको छैन । खाली पैसा र पावरको हिसाबले जागीर खानेर मन्त्री खानेको लर्काे लाग्ने गरेको छ । र यसैको परिणाम स्वरुप नेपालमा भ्रष्टचार अनैतिक व्यापार चल्दै आएको छ । विकासको काममा अवरोध आउँन थालेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *