विदेशबाट आउँदासमेत ठगिन थाले नेपाली

समाचार

काठमाडांै । नेपालमा खोलिएका आईएमईलगायत अधिकांश मनी ट्रान्फर कम्पनीहरुले आमनेपालीलाई ठग्दै आएका छन् । कतिपय नेपाली विदेश जानको लागि डलर सटाइमा ठगिएका छन् । कतिपय जाने प्रयासमा ठगिएका छन् । कतिपयले विदेशबाट पैसा पठाउँदा ठगिएका छन् ।

यसरी विदेश जाने युवायुवतीलाई व्यापक रुपमा लडर सटहीमा ठग्ने गरेको बताइन्छ । डलरको अभाव देखाएर विचौलियाले ठग्ने गरेका छन् । बैंकका कर्मचारीदेखि मनट्रान्फर कम्पनी र ट्राभल एजेन्सले पनि त्यत्तिकै ठगी गर्ने गरेका छन् । ट्राभल एजेन्सीले विदेश जाने युवायुवतीलाई बढी भाडा लिएर ठगी गरेका छन् । यसरी आफ्नै देशमा ठगिएका ती सर्वसाधारण नेपाली ठगिने गरेका छन् । त्यसको बारेमा सरकारको सम्बन्धित निकाय अनुगमन गर्न सकेको छैन ।

त्यसरी विदेसिने युवायुवतीको लागि लाग्ने जहाज भाडाभन्दा बढी असुलेर ट्राभल एजेन्सी र बिचौलियाले ठगी गर्ने गरेको पाइन्छ । त्यसैगरी विदेशबाट नेपाल आउँदा पनि नेपालीहरु एयरपोर्टमा ठगिने गरेका छन् । विदेशबाट आउने नेपालीलाई डलर सटहीमा रेटभन्दा बढी लिएर ठगिन्छ । ट्याक्सी भाडादेखि होटलमा बस्ने व्यवस्था र सम्बन्धित जिल्ला जाने बस तथा प्लेन भाडासमेतमा कमिसन खाएर नेपालीलाई ठग्ने धन्दा चलिरहेको बताइन्छ । अहिले विदेशबाट नेपाल आउने नेपालीलाई ट्राभल एजेन्सीले मात्रै ठगेका छैनन् ।

ट्याक्सीदेखि होटेल हुँदै यातायातले समेत बढी भाडा असुलेर ठगी गर्ने गरेको पाइन्छ । यसरी सर्वसाधारण नेपाली विदेश जाँदा आफ्नै एयरपोर्टमा ठगिन्छ भने विदेशबाट आउँदा पनि एयरपोर्टदेखि घरको ढोकासम्म ठगिने गरेका थुप्रै उदाहरणहरु छन् । त्यसको निराकरणको लागि कुनै पनि सरकारले माखोसमेत मार्न सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *