आगामी निर्वाचनमा दुबै पोखरेललाई संकट

समाचार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको इशारामा जतापनि घुम्ने पार्टी महासचिव शंकर पोखरेल र ईश्वर पोखरेलले पार्टी भित्र दाउ खोजिरहेका छन् । पार्टी महासचिव शंकर पोखरेल स्व.मदन भण्डारीको स्थान ओगट्न चाहन्थे । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शंकर पोखरेललाई महासचिव बनाएकी हुन् । तर शंकरमा एकोहोरो घमण्ड बढी छ । एमालेका कार्यकर्ताले दलाली र गुलामी गर्ने कुरा छाडेका छन् । ईश्वर पोखरेलजस्ता नेताले पैसा हजम गर्ने हिम्मत शंकरले गरेनन् । तर लुम्बिनी प्रदेशको राजधानी बुटवलको औद्योगिक नगरीबाट दाङको जंगलमा नयाँ संरचना निर्माण गर्ने गरी लगेर दाङका जनतालाई रिझाएकै छन् ।

अबको चुनावमा दाङ २ बाट शंकर पोखरेल उठ्दैछन्, तर उनलाई जित्न भने कठिन छ । त्यहाँ माओवादी नेता कृष्णबहादुर महराको राम्रो पकड छ भनिन्छ । महराले एमसीसी पारित गर्न नमान्दा रोशनी शाही प्रकरणबाट बद्नाम गराएर पाखा लगाइएको थियो । शंकर पोखरेल केपी ओलीको डिजाइनमै हिडेको कारण महासचिव पाएका हुन् भनिन्छ । दाङमा माओवादीको नाम जोडिएका जस्तोसुकै मान्छे एमाले प्रवेश गरुन्, त्यहाँ केपी ओली खादा र अबिर लिएर पुग्ने गरेको समाचार आइरहन्छ ।

केही दिनयता एमाले कार्यालयमा पार्टी प्रवेशको लहर चल्दैछ । यो लहरले चुनाव जित्न एमालेलाई कति सहयोग गर्छ थाहा छैन । तर काठमाडौं ५ मा ईश्वर पोखरेललाई भने समाजवादीका सन्देश अधिकारी, कांग्रेसका बागी उम्मेद्वार डा.गजेन्द्र विष्ट, वामपन्थी घेराकै डा.गोपीलाल न्यौपानेसम्मले चुनाव जित्न दिने छैनन् । किनकि सो क्षेत्रबाट ईश्वरले माओवादीको तर्फबाट दश हजार सात सय मत पाएका थिए । त्यही मतले ईश्वरले चुनाव जितेका हुन् । चुनाव जितेको भोलिपल्टैबाट पोखरेलले माओवादीको विरोध गर्दै ओम्नी र हुकामजस्तो बिचौलियाको सेवा गरेर भ्रष्टाचारमा संलग्न भएको आरोप लागेको थियो । त्यो बेला एमाले निरन्तर सरकारमा गएको थियो । नेपाली कांग्रेसमा भन्दा नेकपा एमाले र माओवादी केन्द्रमा श्रीमान् श्रीमती नै पार्टीमा आवद्ध गराइएका धेरै छन् । एकाघरका दुबैले सुविधाका पद पाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *