कांग्रेस प्रवक्ता डा.महत काठमाडौं क्षेत्र नं. ५ वाट सर्वसम्मत सिफारिस

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं। ५ वाट नेपाली कांग्रेसले पार्टी प्रवक्ता डा। प्रकाशशरण महतलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । पार्टी क्षेत्रिय समितिले आज डा।महतको नाम सर्वसम्मतिले संघिय सांसदको उम्मेदवारमा सिफारिस गरेको हो ।

क्षेत्रिय समितिले वैकल्पीक उम्मेदवारको रुपमा क्षेत्र नं। ५ का सभापति श्याम खड्काको नाम पठाएको छ भने आकांक्षीहरुमा प्रेम वहादुर खड्का दामोदर खड्का रमेश खड्का लगाएको नाम पठाएको छ ।

विसं २०३५ देखि काठमाडौं–३ बाँसबारीमा बसोबास गर्दै आएका कांग्रेस नेता महतले यस क्षेत्रभित्रका नगरहरूलाई व्यवस्थित र सुन्दर सहरका रूपमा विकास गर्न सडक निर्माण, स्तरोन्नति, खानेपानी, ढल तथा फोहर व्यवस्थापन, सार्वजनिक शौचालय, व्यवस्थित प्रतिक्षालय, पार्किङस्थल र बजारको व्यवस्थित विकासका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनी भन्छन्, ‘टोखा नगरको ऐतिहासिक, पौराणिक एवं सांस्कृतिक धरोहरलाई संरक्षण गरी स्तरोन्नति गर्ने, शिवपुरी राष्ट्रिय निकुञ्ज आसपासका बस्तीलाई स्थानीय पर्यटनस्थलका रूपमा व्यवस्थित गर्न मेरो प्रयास जारी रहनेछ।’

नेता महतले यस क्षेत्रमा अवस्थित बूढानीकण्ठमा अवस्थित पौराणिक, ऐतिहासिक र धार्मिकस्थलको बृहत्तर र सुव्यवस्थित विकास तथा रानीवन क्षेत्रलाई संरक्षण गरी व्यवस्थित नमूना पार्क निर्माण गरी समुदायको हितमा प्रयोगमा ल्याउने योजना अघि सारेका छन्।

यस क्षेत्रमा काठमाडौं महानगरपालिकाका वडाहरू २, ३, ४ र ५ तथा टोखा नगरपालिकाका वडाहरू २, ३, ४, ५, ६ र ७ पर्छन् । त्यस्तै बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६ र ७ पनि यस क्षेत्रअन्तर्गत पर्छन्।

त्यस्तै महत २०७४ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *