सर्लाही क्षेत्र न.४ (क) बाट कलाकार जोगिन्दर प्रदेश सभा उम्मेदवारमा सिफारिस

राजनीति समाचार

काठमाडौं । चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि लागि समानुपातिकतर्फ उम्मेदवारको रुपमा सिफारिस भएका छन् ।

उनी नेपाली कांग्रेसको तर्फबाट सर्लाही क्षेत्र न।४ (क) बाट प्रदेश सभा सदस्यका लागि समानुपातिक तर्फ एक नम्बरमा सिफरिसमा परेका हुन् । रिजालले फेसबुकमार्फत आफू उम्मेदवारको रुपमा सिफारिस गरेको जानकारी दिएका छन् ।

उनले लेखेका छन् ‘यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा सर्लाही क्षेत्र न।४ ९क० बाट मलाई प्रदेश माननीय सांसदको लागि सर्वसम्मत रुपमा एक नम्बरमा राखी सिफारिस गर्नु भएकोमा सम्पूर्ण प्रदेश क्षेत्रीय समिति, जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह, मधेस प्रदेशका उप सभापति तथा युवा खेलकुद मन्त्री वीरेन्द्र सिंहलगायत सम्पूर्ण उपस्थित कांग्रेसीजनलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’

कलाकार रिजाल नेपाली कांग्रेस निकट नेपाल साँस्कृतिक संघसंग आवद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *