कांग्रेसले पत्याएन अमरेश

समाचार

काठमाडौं । भारतको दबाबमा स्व.गिरिजाप्रसाद कोइरालामार्फत संविधानसभाको सदस्य बनाइएका कांग्रेस सांसद अमरेशकुमार सिंहलाई यसपटक सर्लाहीबाट टिकट नमिल्ने भएको छ । सिंहको हैसियत बिर्सेर माओवादीसँग भारतमा कांग्रेसलाई सम्बन्ध गराएको कुरा लगाउँदा त्यही बेला गिरिजाले बढी नबोल्न चेतावनी दिएका थिए ।
सिंह भारतको जवाहरलाल नेहरु विश्व विद्यालयमा पढ्दै गर्दा नेपालमा माओवादी र संसदवादीबिच राजतन्त्र फाल्ने सम्झौता भएको थियो । त्यो बखत गृहमन्त्री कृष्ण सिटौलाको भद्रताविरुद्ध पनि अमरेशले बोल्दा माओवादी र कांग्रेसबिच विश्वास घटेको थियो । आफू कांग्रेसको नेता भएको दाबी गर्ने जिल्लाको समस्याको बारेमा चासो नदिने सिंहलाई २०७४ सालमा काग्रेसका कार्यकर्ताले चुनाव जिताए । तर उपलब्धी फेला परेन । मधेसका हस्ती विमलेन्द्र निधिसँगसमेत अमरेशको सम्बन्ध राम्रो छैन ।
निधि र प्रकाशमानलाई संस्थापन पक्षले यसपटक राम्रो गर्ने देखिँदैन । पार्टीका प्रतिपक्ष डा.शेखर कोइरालाले ४२ प्रतिशत भाग माग्दा अप्ठेरोमा परेको संस्थापनले चुनाव जित्न जनताको विश्वासिलो पात्र खोज्दा अमरेशजस्ता भारतीय गुप्तचरहरु थन्किने अवस्था आएको बताइन्छ । कांग्रेसले निर्वाचन परिचालन र जिल्ला प्रशिक्षण कार्यक्रम एकैपटक गर्दैछ । महेन्द्र यादव, रञ्जित कर्णहरुकै कारण मधेसमा संगठन पनि कमजोर बनेका छन् । यादव तरुण दलको कर्ण विद्यार्थीका नेता थिए । तर अमेरश पार्टी संगठनमा नभए पनि एकचरण स्व.गिरिजाले सांसद बनाइदिँदा सँधै ठाउँ खोज्ने पार्टी सम्पर्कमा बस्न नसक्ने अराजक पात्र भएकाले कांग्रेसभित्र कतै ठाउँ नपाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *