गठबन्धनको पछि लाग्दा महन्थ अलपत्र

राजनीति समाचार

काठमाडौं । एमालेका नेता केपी ओलीले संविधान तोडे, दुईपटक संसद विघटन गरे । आफैले विघटन गरेको संसदमा आफ्नो सम्पत्ति छैन, प्रचार गर्ने पैसा छैन भनेको डेढ महिना नबित्दै तारे होटलमा तिजको भोजभतेर लगाएका एमाले अध्यक्ष केपी ओलीको सत्ता भएको बेला पनि २ जना मन्त्री लिएर सत्तामा रमाएको महन्थ ठाकुर र राजेन्द्र महतोको समूहले सत्ता गठबन्धनको कोटा पाउन मुस्किल छ ।
नेपाली कांग्रेसले १६५ सिट पाएपनि ३ सयको आकांक्षीको इच्छा पुरा गर्न सक्दैन । प्रदेशका ३३० जनाको कोटामा पनि गाड कोराकोर भएको छ । डा.शेखर कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधिजस्ता एक दर्जन नेताको इच्छा आफ्नै टिम बलियो बनाउने व्यवस्थामा लागेका छन् । सभापति शेरबहादुर देउवाको योजना फेरी पनि गठबन्धनकै सरकार बनाउने र आफू र माओवादी नेता प्रचण्डको बिचमा भित्री साँठगाँठ बलियो बनाउनु छ ।
महन्थको टिममा १२ जना संघीय संसदमा १ जना राष्ट्रियसभाका संसद छन् । तर भाग २०÷२२ खोज्दैछन् । सत्ता गठबन्धन भित्रकै जसपाले कसरी स्वीकार्छ ? जबकी २४ सांसद त जसपाकै छन् । जसपा सत्तामा छ । कृषि, भौतिक पूर्वाधार, वनजस्ता राम्रा मन्त्रालय लिएको जसपाले कसरी लोसपाको माग पुरा गर्ला सत्तागठबन्धनभित्र शंका छ । एमालेका अध्यक्ष केपी ओलीले वामपन्थी भन्दा एमालेसँग राप्रपाको दुई समूह, पूर्वी तराईमा जनमत पार्टी, नवलपरासीमा जनप्रगतिशील पार्टी र सुदूरपश्चिममा रेशम चौधरीको पार्टीबाहेक वाम शक्तिले केपी ओलीको आह्वानलाई स्वीकारेका छैनन् ।
एमालेका अध्यक्ष केपीलाई नै पुनः प्रधानमन्त्रीको उम्मेद्वार बनाउने घोषणा गर्दै आफ्नो पार्टीलाई जनतासम्म पु¥याउने र कार्यकर्ता विस्तार गर्ने अभियानमा एमाले लागेको छ । तर त्यहाँ एकता र सहकार्यको पक्षधर घनश्याम भुसाल, भीम रावलको कुरा लागु भएको छैन । अध्यक्ष ओलीको १९ पृष्ठको प्रतिवेदनले सत्तामा बस्दा भएका गल्ती स्वीकारेको छैन । किनकि त्यो बेला सरकारमा एकलौटी एमाले थियो भन्ने माधव नेपाल, झलनाथ खनालहरु भिन्न पार्टी बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *