पैसाको प्रलोभनमा उपाध्यक्षः गैर नेपालीलाई नागरिकता बनाईदिने प्रयास असफल

राजनीति लुम्बिनी प्रदेश

किर्ते तथा अनियमितता गरी नागरिकता बनाउने कार्यमा संलग्न भएका गाउँपालिका उपाध्यक्षको प्रयास मनाङ जिल्ला प्रशासन कार्यालयले असफल बनाएको छ ।

गैर नेपालीलाई नागरिकता दिनका लागि सिफारिस गरेका मनाङ-ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरूङ(दावा गुरूङ) को प्रयास असफल भएको छ । तिबेतियन शरणर्थीलाई नेपाली नागरिकता बनाईदिए मोटो रकम दिने सहमति भएको स्रोतले बताएको छ । उपाध्यक्ष गुरुङले फर्जि मुचुल्का बनाई सोहि गाउँपालिका अन्तर्गतको वडा नं १ को अध्यक्ष लगायत गाँउका सोझा गाँउलेहरूलाई उक्त मुचुल्कामा हस्ताक्षर गराई तिबतियन शरणर्थीको छारीको नेपाली नागरिकता बनाउन खोजेका थिए।

आफ्नो श्रीमती सीता देबी गुरूङ घरमा हुदां हुँदै पनि जिल्ला अदालत मनाङमा देखावटी सम्बन्ध बिच्छेद गरि तिबेतियन शरणार्थी धावा लामा र याङवा लामाको छोरी कुन्का सोनु संग झुठो बिबाह दर्ता गरि जिल्ला प्रशासन कार्यलय चामे मनाङमा नेपाली नागरिकता लिन खोज्दा तत्कालिन प्रमुख जिल्ला अधिकारि बिष्णु लामीछानेले थाहा पाए पछि उक्त प्रयास असफल भएको थियो ।

उनले गैर देशका शरणर्थीलाई आफ्नो देशको नागरिकता बनाउन गरिएको यस्तो जघन्य अपराध र आफ्नो पदको दुरुपयोगर्ने जन प्रतिनिधिको आवश्यक छानविन गरी पदमुक्त गरिनुपर्ने बताउँदै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

को हुन् उपाध्यक्ष गुरूङ ?

उपाध्यक्ष गुरूङ एमाले कार्यकर्ता हुन  । एउटै पार्टी बाट २ जना पुरूष उम्मेद्वार हुन नपाउने भए पछि स्वतन्त्रबाट आफ्नो उम्मेदवारी दिई उपाध्यक्षमा निर्बाचित भएका हुन । हाल २०७९ सालको स्थानिय निर्बाचनमा स्वतन्त्र उम्मेदवार भई गाउँपालिको उपाध्यक्षमा निर्बाचित छिरिङ गुरूङ (दावा गुरूङ) एमालेको समर्थनमा चुनाव जितेका हुन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *