बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन

देश/विदेश समाचार

काठमाडौँ । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । ९६ वर्षीया महारानीको स्कटल्यान्डमा रहेको बारमोरल दरबारमा निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन् ।

एलिजाबेथ २५ वर्षको उमेरमा सन् १९५२ फेब्रुअरी ६ मा ब्रिटिश महारानी बनेकी थिइन्। राजकुमारी रहँदा एलिजाबेथ ब्रिटिश राजपरिवारमा अहिले दोस्रो मर्यादामा रहने ड्यूक अफ योर्क एन्ड्रूकी छोरी बिएट्रेसको जस्तै रोल क्रममा थिइन्। यसको अर्थ उनी महारानी बन्ने सम्भावना धेरै कम थियो।

त्यसबेला कसैले पनि उनी रानी बन्ने आशा गरेका थिएनन्। किनभने उतिबेला उनी रोलक्रममा आफ्नो बुबा र काकापछि तेस्रो स्थानमा थिइन्। तर सन् १९३६ को डिसेम्बरमा ब्रिटिश राजपरिवारमा एउटा नाटकीय परिवर्तन भयो। १९३६ डिसेम्बरमा राजा एडवर्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नका लागि सिंहासन त्याग्ने निर्णय लिए ।

यो सँगै १० वर्षकी उनलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुलेको थियो । उनका बुबा राजकुमार अल्बर्टलाई राजा जर्ज चौथोको उपाधि मिल्यो। उनकी जेठी छोरी एलिजाबेथ उत्तराधिकारीको पहिलो दाबेदार बनिन्।

पिताको निधनपछि सन् १९५२ फेब्रुअरी ६ मा २५ वर्षको उमेरमा उनले राजगद्दी आरोहण गरेकी थिइन् । दोस्रो विश्वयुद्धपछि बेलायत आर्थिक तथा राजनीतिक रूपमा तंग्रिने प्रयास गरिरहेका बेला एलिजाबेथले गद्दी आरोहण गरेकी थिइन् ।

त्यस यता उनले ७० वर्ष सात महिना अवधि शासन गरिन् । एलिजाबेथ विश्वकै लामो समय सत्तामा रहने शासकको सूचीमा फ्रान्सेली शासक लुइस १४ औं पछि दोस्रो स्थानमा थिइन् ।

बेलायतसँगै उनी अन्य १४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुख हुन् । अब उनीपछि उनका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्ने बीबीसीले जनाएको छ । उनका चार छोराछोरी, आठ नातिनातिना र १२ पनातिपनातिनी छन्।

एलिजाबेथ द्वितीयको शासनकालमा १४ जना बेलायती प्रधानमन्त्री परिवर्तन भएका छन् । ११७ देशको भ्रमण गरेकी एलिजाबेथ संसारकै सबैभन्दा धेरै यात्रा गर्ने राष्ट्राध्यक्ष पनि हुन् ।

आफ्नो ७० वर्षको शासनकालमा ९६ वर्षीय महारानी एलिजाबेथले देशका नयाँ प्रधानमन्त्रीहरूको औपचारिक नियुक्ति बकिङ्हम प्यालेसबाट नै गर्ने गरेकी थिइन्। तर यसपटक लण्डनमा यात्रा गर्न असहज हुने भन्दै उनले नवनियुक्त प्रधानमन्त्री लिज ट्रसलाई बारमोरलमै बोलाएर सपथ खुवाएकी थिइन्।

उनले गोर्खा सैनिकप्रति बेलायती राजपरिवारको गहिरो विश्वास रहेकाले पनि नेपालसँग एलिजाबेथको विशेष सम्बन्ध थियो । रानी एलिजावेथ वि।सं २०१७ सालमा नेपालको राजकीय भ्रमणमा आएकी थिइन्। तत्कालीन राजा महेन्द्रले देशमा पञ्चायती व्यवस्था लागू गरेलगत्तै उनको नेपाल भ्रमण भएको थियो।

को को छन् उनको परिवारमा

प्रिन्स अफ वेल्स राजकुमार चार्ल्स ९७२०ः उनको विवाह डचिस अफ कोर्न्वल ९कमिल० सँग भएको हो। उनी महारानीका जेठा सन्तान हुन् र राजगद्दीका उत्तराधिकारी हुन् ।
ड्यूक अफ केम्ब्रिज राजकुमार विलियमः उनको विवाह डचिस अफ केम्ब्रिज ९क्याथरिन० सँग भएको हो। विलियम प्रिन्स अफ वेल्स र प्रिन्सेस अफ वेल्स डायनाका जेठा छोरा हुन् ।
ड्यूक अफ ससिक्स राजकुमार ह्यारीः उनी विलियमका भाइ हुन्। उनको विवाह डचिस अफ ससिक्स ९मेगन० सँग भएको हो। गत वर्ष उनीहरूले आफूहरू वरिष्ठ शाही सदस्य नरहने बताएका थिए र अहिले उनीहरू लस एन्जलीसमा बस्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *