राजनीतिक दलभित्र शीर्ष नेताहरु बीच सिट बाँडफाँडको लफडा

राजनीति समाचार

काठमाडौं । पाँच दलीय गठबन्धनभित्र महिनादिन अगाडिदेखि सिट बाँडफाडमा कार्यदल बनाएर सिट बाँडफाड गर्ने योजना बनमएपनि हासम्म कुरा मिल्न सकेको छैन । एकातिर कांग्रेस सभापति शेरबहादुर देउवा आफै अलमलमा परेका छन् भने नेकपा माओवादीका अध्यक्ष प्रचण्डले चाहीं आगामी संघ र प्रदेशको निर्वाचनमा कसरी ठूलो पार्टी बन्ने र सरकारमा जाने टिकडमा लागेका छन् । उता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले पार्टी फुटाएर प्रधानमन्त्री शेरबहादुर देउवालाई गुन लगाएका थिए ।

र, अहिले जसरी पनि आगामी संघ र प्रदेश चुनावका लागि आफ्नो पार्टीलाई २५ देखि ३० सिटको दावी गर्दा पनि जसरी गठबन्धनभित्र घातअन्तर्घात नगरी माधेव नेपाल नेतृत्वको पार्टीलाई जिताउनको लागि हरपल प्रयास गरिराखेका छन् । त्यसैगरी एकीकृत समाजवादीका नेताहरुलाई नजिताएमा यसको परिणाम नराम्रो हुने भन्दा गठबन्धनभित्र हारगुहार गरिराखेका छन् ।

उता प्रचण्ड भने जसरी भएपनि गठबन्धनसँग एक भएर ठूलो पार्टी बन्ने र सरकारको नेतृत्व माओवादीले गर्ने या वामपन्थी दल या कांग्रेससँग मिलेर प्रधानमन्त्री नेतृत्व आफूले लिने खेलोफड्कोमा लागिपरेका छन् ।

चुनावपछि एकृतिसमाजवादी सँग सहकार्य पार्टी एउटै बनाउने योजनामा लागेका छन् । त्यसकारण पनि गठबन्धन दलभित्र बसेर हिँडिराखेका छन् । यसका चाजोपाजो मिलाउन विभिन्न दलका शीर्ष नेताहरुलाई झुाइराखेका छन् । यदि गठबन्धनभित्र पनि चुनावको भागबन्डामा कुरा नमिलेपछि आ–आफ्नै तालमा लागिपरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *