नेविसंघ र प्रहरीबीच ढुंगामुढा हानाहान

समाचार

काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहानको घटना भएको छ ।

बिहान १० बजेदेखि नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान चलेको हो । नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले पुत्ला दहन गर्ने क्रममा प्रहरीले नियन्त्रण गर्न खोजेपछि नेविसंघ र विधार्थीबीच ढुङ्गा हानाहान चलेको जनाइएको छ । नेविसंघले क्याम्पसभित्रबाट सडकमा रहेको प्रहरीमाथि ढुंगा प्रहार गरेपछि सोही ढुंगाले प्रहरीले पनि नेविसंघमाथि बदला लिएको थियो ।

नागरिकता विद्येक संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपतिको हातमा पुगेपछि राष्ट्रपतिले प्रमाणीकरणमा ढिलो गरेको भन्दै नेविसंघले पुत्ला दहन गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *