ओलीको पछि लाग्दा राजेन्द्र मसक्कै

समाचार

काठमाडौं । पाएको जनमत बचाउन नसक्ने एमालेको ४१ महिने असफल सरकारको सत्ताबाट हट्नुपरेको रिस विभाजित कम्युनिष्ट नेताहरु प्रति नै छ । आफैं असफल पात्र आफैंले प्रधानमन्त्रीको पुनः उम्मेद्वार बन्ने घोषणा गरेका अध्यक्ष केपी ओलीले जनमत जोगाउन नसकेका कारण जनताले कसरी पत्याउने हुन् ?
एमालेका अध्यक्ष ओलीबाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको जनमत बच्ने अवस्था छैन । किनकि लिङ्देनको एमाले मोह कार्यकर्ताले रुचाएका छैनन् । राप्रपाले अस्तित्व जोगाउनु छ भने पनि एक्लै आफ्ना एजेण्डा लिएर चुनावमा जानुपर्ने समर्थकहरुको भनाई छ । अहिलेको संरचनाले एक्लै चुनावमा गएर सरकार बनाउने हैसियतमा कुनै दल पुग्ने छैनन् ।
नेपाली कांग्रेसका नेताहरुले जतिसुकै मेलमिलाप भनेपनि आन्तरिक लडाई उस्तै छ । डा.शेखरको एमाले अध्यक्षसँगको उठबस, कांग्रेसभित्र शेखर गुटको असन्तुष्टीलाई एमालेले आफ्नो फाइदा देखेको छ । आफ्नो पार्टीभित्र विगत बिर्सेर आत्मआलोचना गर्न छाडेर आफैं राजा, आफैं वडा हाकिम बनेका केपी ओलाीलाई झापा सुरक्षित क्षेत्र हो ।
तर केपी ओलीलाई झापामा सुरक्षित मानिँदैन । अहिले गठबन्धन दलले हराउने सम्भावना पनि देखिन्छ । जनमत नभएको परिवार दल, चुरे भावर, राप्रपा नेपालजस्ता काउसाहरु हुन् । स्थानीय चुनावमा यी शक्ति कतै छैनन् भन्ने पनि केपी ओलीलाई जानकारी हुनुपर्छ । मर्ता तो क्या कर्ता भनेजस्तै भयो यसपटक नेकपा एमाले । अध्यक्ष केपी ओलीबाहेक एमालेमा अर्काे अनुहार प्रधानमन्त्रीको लागि विकल्प भएन । राप्रपाले राष्ट्रिय संवेदनशीलतालाई ध्यान दिएको भए हिन्दू धर्म मान्ने जनमतको ठूलो साथ पाउन सक्थ्यो । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री संरक्षकको रुपमा राजतन्त्रको एजेण्डा राप्रपाको रहेको छ । तर कमल थापाजस्ता नेतालाई एमालेले ठाउँ दिँदा राप्रपाकै दीपक सिंह चुप बस्ने अवस्थामा छैनन् ।
सम्पन्न स्थानीय निर्वाचनमा राप्रपाले शंकरापुर नगरपालिकाको प्रमुख पद हात पा¥यो । त्यो ठाउँमा एमाले नेतृत्वले राम्रो काम नगर्दा यसपटक पराजित भएको हो । एमालेले नेतृत्व सम्हालेको सरकार आफ्नै घमण्ड र देखाएर सरकार ढलेको कुरामा सहमति हुन ओलीले सकेका छैनन् । ओली आफैं अन्तर्घात गर्न सिपालु छन् । जुन कुराको पुष्टी २०७४ सालको चुनाव र बर्दिया २ बाट वामदेवको पराजय गराउनु हो ।
राप्रपाले देशभर उम्मेद्वार बनाउन कठिन छ । जनमत नहुँदा ७७ जिल्लामा उम्मेद्वार उठाएर राप्रपाले गाइजात्रा देखाउने हो कि भन्ने शंका छ । राप्रपासँग एमालेको पुरानो साइनो भनेको सत्ता प्राप्ती नै हो । राष्ट्रिय मुद्दामा राप्रपा अलमल छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *