सशस्त्रमा एआईजी थपिँदै

समाचार

काठमाडौं । सशत्र प्रहरीमा दरबन्दी आवश्यक हो कि होइन, चुनाव खर्च उठाएर पद बेच्न प्रधानमन्त्री शेरबहादुर देउवाको टोली बालुवाटारमा जगमगाउँदा उता हलचोकतिर भने एसएसपी दीपेन्द्र कुँवरको आतंक छ । सशस्त्र प्रहरीले मिसनको लागि खरिद गरेका सामाग्री विगतमा पनि सडेकै थिए । बलम्बुमा सशस्त्र प्रहरीको मर्मत शाखा पनि छ । त्यहाँ थुप्रिएका नयाँ बख्तर गाडी हरेक दिन चलाउने, तेल राख्ने नाममा हुने खर्चको लेखाजोखा छैन ।
प्रबन्धका एसएसपी दीपेन्द्र कुँवरको स्वार्थ आईजीपी राजु अर्यालको समयसम्म पहिलो डीआईजी बनेर एआईजीसम्म पुग्न सक्ने कसैले आईजीपीको लागि रोक्दैन भन्ने छ । यही बेला दरबन्दी थपेर एआईजी एक जना बनाएर एकेडेमीमा पठाउनुपर्छ भन्ने मत त्यहाँ छ । त्यसको लागि किशोर प्रधान। वंशी दाहालले दौडधुप गरेका छन् । झापाली बासिन्दा दाहाललाई केपी ओलीको सत्तामै बढुवा गर्नुपर्ने एकथरीको जोडबल हो ।
तर अहिले किशोर प्रधानको बल पुगेको छ । प्रधानको लागि कांग्रेसीहरुले जोड दिएका छन् । प्रधानका पिता कांग्रेसबाट बन्दीपुर गाउँपालिकाको अध्यक्ष उठेर पराजित भएका नेता थिए । प्रधान नेपाल प्रहरीको एकेडेमीमा एआईजी छन् । सशस्त्रको एकेडेमी डिआईजीले चलाएका छन् । एकेडेमी अन्तर्गत हुने प्रहरी अस्पतालमा पनि प्रमुख डीआईजी नै हुन्छन् । कमाण्डको लागि पनि एआईजी पद एकेडेमीमा आवश्यक भएको बताइन्छ ।
उता सशस्त्रले सीमा हेर्ने गरी खटाएको एआईजी चन्द्र प्रकाश गौतमले सीमा क्षेत्रमा तस्करीको लाइन खोलेका छन् । प्रदेश १ को झापा, मोरङ, सुनसरी, प्रदेश २ र लुम्बिनी प्रदेशका भैरहवा, नेपालगंज, परासीजस्ता सीमा बिओपीमा खटेका इन्चार्जहरुलाई केन्द्रको सीमा प्रमुखको आदेश मान्ने कि गुल्मपतिहरुको आदेश मान्ने भन्ने दोधार छ । जिल्लाको कमाण्डलाई गुल्मपतिले कजाउने हुन् । तर सीमा प्रमुख नै एआईजी भएकोले उसका कुरा नमान्ने पनि विवादित हाकिम हुन् । बढी चलखेल गर्ने, खुट्टा तान्ने सशस्त्रमा प्रवृत्ति छ । एमालेको नेतृत्वमा सरकार हुन्थ्यो भने वामदेव गौतमले वरिष्ठता सहजै मिच्थे । अहिले पनि सिपीलाई आईजीपी र वरिष्ठ एआईजीपीको टिमबाट एक्लो बनाइएको छ । उनको छुद्रताले त्यस्तो भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *