नेपाल टेलिकममा विश्वकप काण्ड

समाचार

काठमाडौं । विश्वकप आउन अझैं २ महिना बाँकी छ तर भद्रकालीस्थित नेपाल टेलिकमको मुख्यालयमा वल्र्ड कप काण्ड मच्चिएको छ । यो काण्डको मुख्य योजनाकारका रुपमा प्रबन्ध निर्देशक सुनिल पौडेल रहेको त्यहाँका कर्मचारीहरु सुनाउँछन् । संघ र प्रदेशको निर्वाचनको मिति तय भएकै दिनदेखि विश्वकप प्रराम्भ हुँदैछ । सोही ने विश्व कप फुटबलको प्रत्यक्ष प्रशारण गर्ने नाममा भद्रकालीमा २४ करोडको काण्ड मच्चिएसँगै एमडीको विरुद्ध कर्मचारीहरु संघर्षमा उत्रिएका छन् । कर्मचारीको दावा छ,विश्व कपको प्रशारण अनुमति सम्बन्धी यो योजनामा टेलिकमले २४ करोड खर्च गरेर २ करोड आम्दानी समेत गर्न सक्दैन । यो ठेक्का सोम धितालको मिडिया हबले पाएको थियो । उस्ले घाटा हुने देखेपछि हात उठायो । निजी कम्पनीले घाटा व्यहोर्नुपर्ने अवस्था आएपछि राजनीतिक दबावमा टेलिकमलाई भिडाईएको आरोप कर्मचारी संगठनहरुले लगाएका छन् । उनीहरुले नेपाली माटो र नागरिकको पसिनाबाट बनेको टेलिकमलाई डुबाउन नदिने प्रण समेत गरेका छन् । गत भदौ २४ गतेको सञ्चालक समितिको बैठकले विश्वकप प्रशारण गर्ने निर्णय गरेको थियो । २४ करोड निर्णय नै त्रुटिपूर्ण रहेको कर्मचारी संगठनहरुले निकालेका छन् ।
नेपाल टेलिकमको सञ्चालक समितिका अध्यक्ष छन्,सञ्चार सचिव बैकुण्ठ अर्याल,अन्य सञ्चालकहरुमा प्रवन्ध निर्देशक सुनिल पौडेलका साथैं अर्थका सहसचिव भुपाल बराल,अर्थ हुँदै सञ्चारतिर पुगेका अर्काे सहसचिव उत्तरकुमार खत्री,कानुनका सहसचिव फणिन्द्र गौतम,चन्द्र ढकालका दाहिने हात मानिएका अम्विका पौडेलदेखि शंकर लामिछाने र कम्पनी सचिव राजेन्द्र अर्याल बोर्डमा छन् ।उनीहरुकै बोर्ड बैठकले हो विश्वकपको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको । कर्मचारी संगठनले भने आवश्यक अध्ययन नगरि २४ करोड लागतको प्रत्यक्ष प्रशारण सम्बन्धी निर्णयमा न त परामर्श न त प्रतिष्प्रर्धा नै गराइएको,यस्ले नेपाल टेलिकमलाई अहि तगर्ने हुँदा पुनर्बिचार गर्न माग गरेको छ । नेपाल टेलिकमले अङ्गिकार गर्ने संस्थागत सुशासन, आर्थिक विनियमावलीले खर्च तथा कार्यक्रम सञ्चालन गर्दा परिकल्पना गरेको पारदर्शिता, नतिजामुखी तथा मितव्ययितालाई समेत नकारात्मक प्रभाव पर्न जाँदा समग्रमा कर्मचारी र कम्पनीको उत्पादकत्वमा समेत प्रत्यक्ष असर पर्ने र यस्ता योजनाहरु ट्रेड युनियनका प्रत्यक्ष सरोकारका विषय बन्ने हुँदा यस्तो योजनाको विस्तृत व्यापारिक योजना, व्यापार नाफाको आधार सहितका तथ्य एवं त्यस्ता योजनाको सफलताको लागि युनियनले समेत खेल्न सक्ने भूमिकाका विषयमा विस्तृत छलफल गरेर मात्र थप निर्णयमा पुग्न व्यवस्थापन समक्ष उनीहरुले आग्रह गरेका छन् ।
टेलिकमका चार वटा कर्मचारी युनियनले एनटीसीको मोबाइल तथा एनटीटीभीमा ओटीआई मार्फत् विश्वकपका सबै खेल प्रशारण गर्न दिइएको इजाजतप्रति गम्भीर आशंका व्यक्त गरेका छन् । टेलिकम सञ्चालक समितिले भदौ २४ गतेको बैठकबाट यस सम्बन्धमा सैद्धान्तिक सहमति दिएर आशंकालाई बल पुर्याएको उनीहरुको आरोप छ । युनियनहरुले नेपाल टेलिकमको ग्राहक आधार, ग्राहकसम्म उपलब्ध नेटवर्कको प्रकृति, नेटवर्कअनुसार ग्राहकका उक्त प्रतियोगिता प्रतिको अभिरुची, शहर तथा ग्रामीण ग्राहकको स्क्रिन साइजको प्राथमिकताले राजश्व साझेदारीमा प्रभाव पार्ने पक्षलाई आँखा चिम्लिदिएको दाबी गरेका छन् ।यी सबै पक्षमा कम्पनीको व्यावसायिक योजना एवं लाभ, लागत विश्लेषण नगरी हचुवाको भरमा २४ करोडमा दिइएको इजाजतप्रति शंका उत्पन्न भएको बताइएको छ । यसबाट कम्पनीको संस्थागत सुशासन, आर्थिक विनियमावलीले निर्देश गरेका खर्च तथा कार्यक्रमको परिकल्पना, पारदर्शिता र मितव्ययितालाई प्रत्यक्ष असर पारेको उनीहरुको ठहर छ । यसबारे युनियन र सरोकारवाला सबैबीच आवश्यक छलफल पश्चात् मात्रै निर्णय गर्न कर्मचारीहरुले प्रबन्ध निर्देशकलाई ध्यानाकर्षण गराएका छन् । यो वर्षको विश्व कप कतारको राजधानी दोहामा हुँदैछ ।
रमाइलो चाहिँ अहिले मुलुकको सूचना प्रविधि र सञ्चार क्षेत्रको माथिल्ला तहमा पौडेल थरकाहरु नियुक्त भएका छन् । यसरी नियुक्त भएकाहरु एउटै जिल्ला पर्वतका र एउटै खलकका । चाहे राष्ट्रिय सूचना प्रविधि केन्द्र अर्थात एनआईआईटीसीमा कार्यकारी नियुक्त भएका प्रदीप शर्मा पौडेल पर्वत हुन वा विकल र सुनिल पौडेल सबै पर्वतका । कुश्मा नगरपालिका १० का वासिन्दा प्रदीप शर्मा पौडेल । यसअघि सेक्युरिटी प्रेसका विकल पौडेल र टेलिकमका सुनिल पौडेल त्यही नाताका दाजुभाइ हुन् । पछिल्लो पटक सूचना र प्रविधिको क्षेत्रर्फ विकल पौडेलको चर्चा व्यापक छ । त्यसैमा प्रदीप पौडेल थपिएका हुन् । एनआईआईटीसीमा कार्यकारी नियुक्त पौडेलले यसअघि काठमाडौंको सेन्ट जेभियर्स कलेजमा १० जोड दुई पढाउँथे । हुन त उनले विज्ञान विषयमा स्नातकोत्तर गरेका छन् । तर एनआईआईटीसीमा कार्यकारी हुन योग्यता नै पुग्दैन भनिन्छ । उक्त केन्द्रको कार्यकारी निर्देशक हुन विज्ञान,अर्थशास्त्र र सूचना प्रविधिलगायत तोकिएका विषयमा स्नातकोत्तर गरेको हुनुपर्छ । योग्य उम्मेदवारको निम्ति कार्यअनुभव पनि उल्लेख छ । जसमा सूचना प्रविधि क्षेत्रमा १० वर्षको अनुभव वाञ्छनीय भनिएको छ । पौडेलसँग योग्यताको नाममा विश्वविद्यालयको प्रमाणपत्र मात्र रहेको बताइन्छ । नाताले उनी मुख्यसचिव शंकरदास बैरागीका साढु भाइ र सालीका छोरा रहेछन् ।
यिनै पौडेलहरु मिलेर अहिले सूचना प्रविधिको क्षेत्रमा लुट मच्चाइरहेका छन् । यस अघि केपी ओली सत्तामा हुँदा सूचना प्रविधि संयन्त्रमा इ सेवाका मालिक अस्गर अलिले राँइदाई गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *