दीपक मल्होत्राका कारण वार्षिक सात खर्ब नोक्सानी

समाचार

काठमाडौं । यो मुलुकमा नीतिहरु कस्ले बनाउँछ ? तपाई सोच्दै हुनुहोला सांसद वा मन्त्रीले तर होइन यहाँ नीति व्यापारी र विचौलियाले बनाउँछन् ।
ओली सरकारका पालामा लुट्नु फाइदा लुटेका बदनाम व्यापारी दीपक मलहोत्राले गोकुल बाष्कोटामार्फत एमडिएमएस लागू गर्न खोजेका थिए । आफ्नै सरकार हुँदा यो लागू गर्न असफल भएका मलहोत्रा अहिले यो व्यवस्था लागू गर्न सफल भएका छन् । मलहोत्राले यो व्यवस्था लागू गर्नका लागि सञ्चारमन्त्रीदेखि सचिवसम्मलाई कति लगानी गरे होला ? त्यस्को विवरण पछि भेटिँदै जाला । अहिले उठाउन खोजिएको सवाल हो,एउटा गरिबको छोरा नेपालमा काम पाउँदैन र विदेशिन्छ । उस्ले खाडी मुलुकबाट पठाएको रेमिट्यान्सले मुलुक चल्छ तर उसैले बाहिरबाट ल्याएको एउटा मोवाइल चल्दैन ।
अझैं पीडादायक कुरा राष्ट्रपतिकहाँ पुगेर प्रमाणीकरण हुन बाँकी नागरिकता विद्येयकमा विदेशी चेली नेपाल भित्रने वित्तिकै नागरिकता दिने बिषय राखिएको छ । नागरिकताको सबालमा यति कमजोर व्यवस्था राख्ने राज्यले एउटा गरिबको छोराले विदेशबाट एउटा मोवाइल ल्याउँदा नचल्ने गराइएको छ । असोज १ गतेदेखि सरकारले महँगो मोबाइल फोन आयातमा रोक लगाउँदै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) समेत लागु गरिसकेको छ । सञ्चार मन्त्रालयका अधिकारीहरु भने यो प्रणाली लागू हुँदा यसले वार्षिक सात बर्ष नोक्सान हुने बताइरहेका छन् । राज्यलाई नै अर्बौ नोक्सानी हुने गरी यो व्यवस्था कस्ले लागू गरायो ? अनि यही बेला दीपक मलहोत्रा दिपावली मनाउने बताइरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी बिक्री वितरणलाई रोक्नका लागि भन्दै यो व्यवस्था लागू गरेको तर्क पेश गरिरहेको छ । यस्ले थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङरब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने बनाउने उस्को तर्क छ । नेपालमा बार्षिक ५५ अर्बको मोबाइलको आयत हुने गरेको भन्सार विभागको तथ्यांक छ । सञ्चारका अधिकारीहरुले यो प्रणाली लागू हुँदा बार्षिक सात अर्व नोक्सान हुने तर्क गरिरहेका छन् ।
मलहोत्रा तिनै व्यापारी हुन,जस्ले ओलीको शासनकालमा गिरिबन्धु टी स्टेटको नाममा झापाको ठूलो सरकारी जग्गा हडपे । त्यतिखेरको भूमिसुधार मन्त्री पद्या अर्यालमार्फत आफ्नो खेल समाप्त गराए वापत पछि सिल्भर सिटीमा पद्यालाई अर्पाटमेन्ट नै उपहारस्वरुप दिएका थिए । तत्कालीन सचिव टेकनारायण पाण्डे समेत यो प्रकरणमा डामिएका कर्मचारी हुन उनी अहिले गृहबाट सरुवा भएर उपराष्ट्रपतिको कार्यातिर खेदिएका छन् । आफ्नो स्वार्थपूर्तिका लागि मन्त्रीदेखि प्रशासकसम्मलाइ किनेर काम गर्ने व्यक्तिका रुपमा बदनाम छन मलहोत्रा । ३३ किलो सुन काण्डमा समेत जोडिएका उनले यस अघि आफूमाथि छानबिन हुन लागेपछि प्रहरी र अध्यागमनका कर्मचारीको सरुवा गराई आफू अनुकुलको मान्छे ल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *