भोलीदेखि चलचित्र प्रेमगीत–३ प्रदर्शनमा

मनोरञ्जन समाचार

काठमाडौं । सन्तोष सेनले निर्माण एवम् निर्देशन गरेको चलचित्र प्रेमगीत–३ नेपाली भोलीदेखि देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको छ भने हिन्दी भर्सन विश्वव्यापी पदर्शन हुने तयारी भएको छ ।

यो चलचित्र नेपाल र भारतसहित युएई, बेलायत, क्यानडा, अमेरिका, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, फिजी, जापान, दक्षिण कोरिया र युरोपका अन्य देशमा पनि एकसाथ प्रदर्शन हुन लागेको निर्मााण पक्षले जानकारी दिएको छ ।

पाएका अधिकांश भारतीय हलले बुकिङ खुलाइसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यस चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, मनीष राउत, प्रेम पुरीलगायत कलाकारले अभिनय गरेका छन् ।
यस चलचित्रमा सन्तोष सेनले स्व। छेतन गुरुङसँग निर्देशनमा सहकार्य गरेका छन् ।

चलचित्रलाई बिहबिार सञ्चार मन्त्रालयले नेपाली चलचित्रकै रुपमा प्रदर्शन गर्न अनुमति दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *