ताम्सालिङको पहिचान उठान गरिएको चलचित्र ‘अभियान’असोज १० गते राष्ट्रिय नाचघर जमलमा प्रदर्शन हुँदै

समाचार

चलचित्र ‘अभियान’ काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा यहीँ असोज १० गते प्रिमियर शो गर्ने तयारी गर्ने भएको छ ।

कोशी भिजन फिल्मसको ब्यानरमा निर्मित यो चलचित्र भाद्र २५ गते धरानको तरहारामा अवस्थित भुपु सैनिक हलमा देखाउन सफल भएपछि यस चलचित्रलाई असोज १० गते राष्ट्रिय नाचघर जमलमा प्रदर्शन गर्ने तयारी रहेको राष्ट्रिय संगीतकर्मी संघ रसुवाका अध्यक्ष दावा फिन्जो तामाङले बताए ।

ऎतिहासिक तामाङ थाकथलो किपट को कथामा निर्माण भएको चलचित्रमा प्रमुख भूमिकामा जयनन्द लामा,अमर पाख्रिन तामाङ,दावा फिन्जो तामाङ,श्याम माया तामाङ,रश्मिला वाइवा तामाङ, रितेश जंग खत्री,दिनेश तामाङ,दिनेश कोइराला ‘डिकु’,मदन राइ,शम्भु योञ्जन तामाङ,गजम घिसिङ्ग,कमल राइ, मेनुका राइ,कुमारी लिम्बु,कृष्ण काफ्ले,सन्तोस राइ,नुनु बोम्जन तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ।

विशेषगरी नेपालको सन्दर्भमा विभिन्न जातिय सभ्यता र पहिचानको कथा बोकेका चलचित्र कम बने पनि विश्वमा विशेषगरी ऐतिहासिक चलचित्रहरु बढी निर्माण भएको र त्यस्ता ऐतिहासिक चलचित्र व्यावसायिक रुपमा पनि सफल भएको सन्दर्भमा तामाङ समुदायको कथामा बनेको ‘अभियान’ चलचित्रलाई पनि दर्शकहरुले मन पराउनेमा निर्माण पक्ष ढुक्क छन् । तामाङहरुको अन्तिम राजा ह्रेन्जेन दोर्जेको इतिहास र तामाङहरुको ऐतिहासिक थाकथलो “किपट’ को कथामा आधारित चलचित्र भएकोले सबै जनाले मन पराउने उक्त चलचित्रका नायक दावा फिन्जो तामाङले बताए ।

चलचित्र अभियानका विषयमा कुरा गर्दै चलचित्रका नायक दावा फिन्जो तामाङले ऎतिहासिक चलचित्रमा अफुले पनि काम गर्न पाउदा उत्साहित भएको प्रतिकृया दिए।‘चलचित्र मन पराउने या नपराउने भन्ने दार्शकको हातको कुरा हो,तर म ऎतिहासिक चलचित्र अभियानको नायक बन्न पाउदा अत्यन्तै खुसी छु,यो मेरा लागी पनि एउटा अवसर हो,’ उनले भने।

को हुन् दावा फिन्जो तामाङ ?
दावा फिन्जो तामाङ निरन्तर कला क्षेत्रमा सक्रिय छ्न ।तामाङ फिल्म गोदेवादेखी उनी फिल्म क्षेत्रमा निरन्तरता दिईरहेका छन । रसुवाको विभिन्न ठाँउहरुमा छाँयानकन भएको फिल्मले नै रास्ट्रिय अवार्ड जितेको उनी बताउछन् । नेपाली फिल्मको रूपमा देशभर प्रदर्सन भएको मङ्गोलियन हर्ट सफलता भएपछि फिल्मी क्षेत्रमा निरन्तरता रहेको छ।

रसुवाको सस्कृती र कलालाई लोप हुन नदिनको निमित्त कलाकारहरुको नेतृत्व लिई संगीतकर्मी संघ रसुवाको अध्यक्ष भएका उनी यहि क्षेत्रमा अघि बढ्न चाहन्छन। रसुवाको कलाकारहरुलाई कुनै पनि समयमा दुख परि आएकोमा बाधा अप्ठ्यारो भएमा सहज बनाउनेतर्फ लैजाने हो साथै छरिएर बसेका सम्पुर्ण कलाकारहरुलाई एक जुट बनाउनेतर्फ लम्किएका छ्न् । तामाङ फिल्महरु गोदेवा, केवा,तिङ्गला जो,धिम नाम(घरजम),चु दुखी जिबन नेपाली फिल्महरु धर्म बिर,मङ्गोलियन हर्ट उनले खेलेका चलचित्र हुन जुन धेरै चर्चा र सफल पनि भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *