ईन्जिनियर एशोसिएसन नेपाल रसुवाको अध्यक्षमा भट्ट सर्वसम्मत

समाचार

प्रोग्रेसिभ इन्जिनियर एशोसिएसन नेपाल (पिन) रसुवाको दोस्रो जिल्ला अधिवेशनबाट इन्जिनियर विकास भट्ट सर्वसम्मत पुनः अध्यक्ष निर्वाचित भएका छन् ।आज सोमवार धुन्चेमा सम्पन्न अधिवेशबाट इन्जिनियर विकास भट्टको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी गठन भएको हो ।

उपाध्यक्षमा पासाङ छिरिङ तामाङ सचिवमा ध्रुब न्यौपाने सह सचिवमा कृष्ण बहादुर तामाङ र कोषाध्यक्ष दिल बहादुर तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा रन्जना तामाङ, कृष्ण पौडेल, सुदिप न्यौपाने, सुजन सापकोटा, प्रकाश अर्याल र राम कुमार तामाङ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *