ओखलढुंगा कांग्रेसमा गोमा केसीको योगदान

राजनीति समाचार

काठमाडौं । नेपाल विद्यार्थी संघबाट खारिएकी स्थापित कांग्रेस नेतृ हुन् गोमा केसी । ओखलढुंगाकी स्थानीय वासिन्दा केसी कुशल पार्टी संगठक र इमान्दार नेताको रुपमा चिनिन्छिन् । सधैं गरिब, निमुखा, उत्पीडित, महिला र आवाजबिहीनहरुको आवाज बुलन्द गर्ने उनी हक्की स्वभावकी नेता र स्पष्ट वक्ताको रुपमा परिचित छन् । सधैं ओखलढुंगावासीको सेवामा दत्तचित्त उनी विकास प्रेमी नेता र समाजसेवीको रुपमा राष्ट्रियस्तरमा नै स्थापित छिन् । ओखलढुंगावासी जनताको लागि दिलो ज्यान दिएर लागिपर्ने उनी चाहे २०७२ सालको महाभूकम्प होस् या विश्वलाई नै तहसनहस पार्ने कोरोना कहर होस् अग्र पंत्तिमा रहेर सहयोगी हात फैलाइन् ।

उनले यस्ता दैवी प्रकोप, विकास निर्माण र महामारीमा ओखलढुंगामा मात्रै नभएर देशैभरका महिला दिदीबहिनीका लागि सहयोगी हातहरु बढाइन् । पार्टी संगठन र समाजसेवाका लागि जस्तोसुकै कठिमोडमा पनि पछि नहट्ने केसी विकास प्रेमी र जनप्रेमी नेताको रुपमा परिचत छन् । उनले नेपाली कांग्रेसको संगठनलाई देशका कुनाकाप्चासम्म पु¥याउन पार्टीका विभिन्न तहतप्कामा रहेर भरपुर योगदान गरेकी छन् । २०४६ सालको जनआन्दोलनलाई सफल बनाउन विद्यार्थी आन्दोलनको अग्रमोर्चामा रहेर भूमिका निर्वाह गरेकी थिइन् केसीले । त्यसैगरी २०६२÷६३ को लोकतान्त्रिक आन्दोलनताका केसी ओखलढुंगा जिल्लाको कांग्रेस सभापति थिइन् ।

उनी नेपाली कांग्रेसको इतिहासमै पहिलो महिला जिल्ला सभापति भनेर परिचित छन् । त्यसैगरी नेपाल महिला संघ ओखलढुंगाकी पूर्व जिल्ला सभापति पनि हुन् । र, नेपाल महिला संघकी पूर्व केन्द्रीय सदस्यसमेत भइसकेकी केसी नेपाली कांग्रेसमा जुझारु महिला नेता भनेर चिनिन्छिन् । विद्यार्थी संघ रहँदा काठमाडौं शिक्षा क्याम्पसको स्ववियु सचिव बनिसकेकी केसी विद्यार्थी माझ पनि लोकप्रिय नेताको रुपमा चिनिन्छिन् । मुलुकमा २०६२÷६३ को लोकतान्त्रिक आन्दोलन सफल भएपछि २०६४ सालमा संविधान सभाको निर्वाचन भयो । त्यसले संविधान बनाउन सकेन । त्यसपछि नेपाली कांग्रेसका पूर्व सभापति स्व. सुशील कोइरालाको नेतृत्वमा २०७० सालमा फेरि संविधान सभाको निर्वाचन भयो ।

कोइरालाकै नेतृत्वमा नयाँ संविधान घोषणा भयो । त्यस संविधानमा समावेशी, समानुपातिक व्यवस्था उल्लेख गरिएको छ । यो संविधान ल्याउनका लागि गोमा केसी जस्ता थुप्रै महिलाहरु आन्दोलनमा होमिए । विभिन्न पार्टीबाट यसरी आफ्नो ज्यानको प्रवाह नगरी आन्दोलनमा होमिएका महिलाहरुलाई अहिलेसम्म पनि पार्टीले खासै न्याय गर्न सकेको छैन । त्यसरी राजनीतिमा होमिएका अधिकांश महिलाहरु आफ्नो घरपरिवार पनि नभनेर देश र जनता लागि हिँडेका छन् । यसरी हिड्ने महिलाहरु पार्टीको नीति, सिद्धान्त, विधि र विधानलाई मानेर निरन्तर लागिपरेका छन् ।

यसरी लागिपर्ने महिलामा गोमा केसी अग्रभागमा देखिन्छिन् । उनले अहिलेसम्म पार्टी संगठन र समाजसेवा बाहेक जनप्रतिनिधि भएर सेवा गर्ने अवसर पाएकी छैनन् । जुन महिलाहरुले व्यवस्था र संविधान ल्याउन लडभिड गरे उनीहरुले अहिलेसम्म आपूmले ल्याएको व्यवस्थाको अनुभूति गर्न पाएका छैनन् । केसीले समाजसेवामार्पmत ओखलढुंगामा थुप्रै काम गरेको भुक्तभोगीहरु बताउन्छन् । अब जनप्रतिनिधि भएर ओखलढुंगा जिल्लावासीको सेवा गर्ने अपेक्षा केरीको रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *