नागरिकता विधेयकबारेको रिट हरि फुयालको एकल इजलासमा

राजनीति समाचार

काठमाडौँ । नागरिकता विधेयकबारेको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ। नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै रिट परेको थियो।

राष्ट्रपतिविरुद्ध अधिवक्ता डा. सुनिल रञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मालगायतका अधिवक्ताहरूले रिट दायर गरेका थिए। सोही रिट न्यायाधीश फुयालको एकल इजलासमा परेको हो। गत बिहीबार राष्ट्रपति, उसभामुख र उपसभामुखविरुद्ध छुट्टाछुट्टै मुद्दा परेको थियो।

अधिवक्ताहरू किशोर पौडेल र अनुपम भट्टराईले सभामुख सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध रिट दायर गरेका थिए। सभामुख र उपसभामुखको पद अवधि सकिएको भन्दै अधिवक्ता पौडेल र भट्टराईले रिट दायर गरेका हुन्। मुद्दाको पेसी शुक्रबार परे पनि हेर्न नमिल्नेमा परेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *