प्रचण्ड र ईश्वर पोखरेललाई हराउन टीम बन्दै

समाचार

काठमाडौं । एमाले नेता ईश्वर पोखरेलले माओवादीका सहारा लिएर २०७४ सालमा चुनाव जित्दा एमालेको सरकारमा रक्षामन्त्री र उपप्रधानमन्त्री भएका थिए । गृहमन्त्रीको अध्यक्षता गर्ने पदक तथा विभुषण समितिको अध्यक्ष भएर तक्मा समेत वितरण गरेका थिए । भूमाफिया दीपक कुँवर र तत्कालीन काठमाडौं महानगर वडा नं. ३ का दीपक केसी मिलेर सार्वजनिक जमिन कब्जा गरेका थिए । एमालेका नेता ईश्वर पोखरेलले कुँवरको कोलोनी पछाडि सार्वजनिक जमिन मिचेको आरोप छ । चुनाव नजित्दासम्म माओवादीविरुद्ध एक शत्तद पनि नबोलेका पोखरेल यतिखेर बोल्न थालेका छन् । भ्रष्टाचार गरेर पानीको टंयाकीमा पैसा राखेका आरोप लागिरहेको छ ।
एमाले एकता पछि पार्टी एकता विरोधीको रुपमा चिनिएका थिए । प्रचण्ड ११ वर्षसम्म गणतन्त्र ल्याउने स्व.मनमोहनको भाषण दरबारमा र भारतीय दूतावासमा बुझाएर पैसा खाने गणतन्त्रमा महाभष्मासुर भएर प्रचण्ड अधयक्ष भइरहने गरेको आरोप छ । यसपटक माओवादीले काठमाडौं ईश्वरलाई हराउने भएका छन् । पोखरेलकै पक्षमा लागेका डा.गोपीलाल न्यौपाने, सन्देश श्रेष्ठहरु एकातिर छन्, अर्काेतिर डा.गजेन्द्र विष्ट, डा.पुकार शमशेर राणाहरु पोखरेललाई हराउन प्रयत्न गरिरहेका छन् । माओवादीको सो क्षेत्रमा गतिलो मान्छे छैन । दीपक बानियाँलाई पार्टीले टिकट दिनेछैन । हिमाल शर्मा, कल्पना शर्माजस्ता भ्रष्टाचारी, घाती नेताहरुलाई जनताले पत्याउँदैन । यी दुबै बाग्लुङे हुन् । दिनानाथ शर्मा शिक्षामन्त्री हुँदा दुबैले पैसा उठाउने गर्दथे । शिक्षा माफिया, मेडिकल माफियाको आम्दानीको स्रोत के हो ? ईश्वर पोखरेलले उपप्रधानमन्त्री तथा रक्षामन्त्री हुँदा केही गरेनन भन्ने आरोप छ । यसपटक एमाले पार्टीभित्र भूमाफिया नरोत्तम राणाको समेत नाडी गलेको छ । किनकि राणाले कब्जा गरेको नमूना टोलको जमिन सम्बन्धी मुद्दा सर्वाेच्चबाट हार खाएका थिए । टोखा नगरपालिकाले पनि सार्वजनिक जमिन कब्जा गर्नेलाई ३५ दिने सूचना टाँसेको छ । तर त्यहाँ सरकारी जमिन कब्जा गर्ने नरोत्तमहरु धेरै छन् । कुँवर कोलोनीमै बास बसेपनि यसपटक ईश्वरका पक्षमा दीपक कुँवर खुलेर विरोधमा लागेका छन् । विपक्षी दलले पोखरेललाई हराउन सहज हुने अवस्था सिर्जना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *