चाडपर्व लक्षित व्यवस्थापनमा कमजोर सरकार

समाचार

नेपालको संविधान २०७२ ले मुलुकमा रहेका सबै धर्मको सम्मान गर्न र धार्मिक असहिष्णुता न्युन गर्न धर्म निरपेक्ष मुलुक घोषणा ग¥यो । धर्मनिरपेक्ष मुलुक भएतापनि मुलुकको हिन्दु धर्म मान्ने जनसंख्याका ठूलो रहेको छ । नेपालमा अहिलेको तथ्यांकले पनि करिब ७० प्रतिशत जनसंख्या अझै पनि हिन्दु धर्म मान्ने रहेका छन् । हिन्दु धर्मले मान्ने गरेका प्रमुख चाडपर्वहरु दशैं, तिहार, छठपर्वजस्ता निकट आसन्न छन् । चाडपर्व नजिकिँदै गर्दा मुलुकको अर्थतन्त्रमा ठूलो प्रभाव पर्ने गरेको छ । साथै, नेपालको प्रमुख चाड मानिएको बडादशैंलाई नै लक्षित गरेर नेपाल राष्ट्र बैंकले नयाँ नोट निष्कासन गर्ने गर्दछ ।
चाडपर्व नजिकिँदै गर्दा आर्थिक कारोबार उच्च हुने गर्दछ । चाडपर्वका समयमा व्यापार पनि उच्च हुने गर्दछ । मानिसहरु नयाँ पोशाक, खानपान तथा भ्रमणका निम्ति उच्च खर्च गर्ने गर्दछन् । अर्थात चाडपर्व निकट हँदा मुलुकमा खर्चको मात्रा सामान्य समयमा भन्दा निकै बढी हुने गर्दछ । यसरी अर्थतन्त्रमा व्यापक प्रभाव पार्ने चाडपर्वको समयमा सरकार भने व्यवस्थापनमा चुक्ने गरेको छ । चाडपर्वको समयमा आम सर्वसाधारणले घरेलु खर्चहरु नयाँ पोशाक तथा खानपानमा बढी खर्च गर्ने गर्दछन् । यस्तो समयमा खाद्यान्न, नयाँ पोशाकलगायत विविध आवश्यकीय सामाग्रीहरुको माग अधिक हुने गर्दछ । तर यस्तो अधिक माग हुने र खर्च बढी हुने समयमा व्यापार÷व्यवसायमा उत्तिकै बेथिती र लुटतन्त्र चलेको हुन्छ । तर यस्तो बेथिती र लुटतन्त्रको नियन्त्रण र बजार व्यवस्थापनमा सरकार हरेक वर्ष यस्ता ठुला पर्वहरुमा चुकेको हुन्छ ।
अर्काेतर्फ ठुला चाडपर्वमा बजार मागको व्यवस्थापनमा सरकार कमजोर साबित भइरहेको छ । चाडपर्व हर्षोल्लासको पर्व हो, मेलमिलापको पर्व हो । तर यस्ता समयमा बजारमा उपभोगको वस्तुहरुको व्यवस्थापन गर्न नसक्नु र अभाव सिर्जना हुनुलाई मुलुकको कमजोरी ठान्न सकिन्छ । दशैं, तिहारजस्ता पर्वहरुलाई लक्षित गरी सरकारले वितरण केन्द्रको स्थापना गरेर उपभोग्य सामाग्रीहरु उपलब्ध गराउने बताएपनि यस्ता वितरण केन्द्रहरुमा उपभोग्य सामाग्रीहरु पुग्नै नसक्ने अवस्था छ । विगतका वर्षहरुमा पनि सरकार यस्ता विषयमा चुक्दै आएको थियो । आफ्नो कमीकमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुपर्ने अवस्थामा सरकार हरेक वर्ष आफु कमजोर बन्ने काम गर्दै आएको छ । अझ विकट जिल्लाहरुमा सरकार असफल नै सावित भएको छ । विकटका जिल्लाहरुमा यातायातको सुविधा नभएका कारण केही समय अगाडि नै उपभोग्य सामाग्रीहरु उपलब्ध गराउनुपर्ने हुन्छ । तर सरकार खरिद गरेर खाने उपभोग्य सामाग्रीहरु उपलब्ध गराउन असफल हुने गरेको पाइन्छ ।
दशैं, तिहार तथा छठजस्ता पर्वहरुमा बजारमा खाद्यान्न तथा अन्य उपभोग्य वस्तुहरुको माग उच्च हुने गर्दछ । यस्तो उच्च माग भएको अवस्थामा सरकारले नीति बनाएर यसको व्यवस्थापनमा लाग्नुपर्ने हुन्थ्यो । तर सरकारको कमजोरीको कारण जताततै बेथिती र लुटतन्त्र चलेको पाइन्छ । विकेन्द्रीत मागलाई पूर्ति गर्न सरकारले अग्रिम योजनाहरु बनाउन जरुरी देखिन्छ । तर हरेक वर्ष चाडपर्व पूर्व सरकारले हतारहतार गरेर बजार व्यवस्थापन गर्ने ढोंग गरेको पाइन्छ । यस्तो उच्च माग हुने र ठूलो आर्थिक गतिविधि हुने समयमा न सरकारको आर्थिक नीतिले काम गरेको पाइन्छ, न त बजार व्यवस्थापनमै सफल भएको पाइन्छ ।
उच्च आर्थिक गतिविधि हुने चाडपर्वको समयमा मुद्रा व्यवस्थापनमा पनि सरकार चुकेको पाइन्छ । मुलुकमा उत्पादन नभएको अवस्थामा यसरी चाडपर्वमा उच्च माग हुँदा मुद्रा विदेशिने गरेको पनि पाइन्छ । यसरी चाडपर्व नजिकिँदा हरेक वर्ष ठूलो रकम विदेशिने गर्दछ । आयात बढ्ने, मुलुकमा उपभोग्य वस्तु उत्पादन नहुने कारणले गर्दा पनि चाडपर्वहरु नेपालको अर्थतन्त्रका लागि खराब सावित हुने गरेको छ । त्यसैकारण, अर्थतन्त्रलाई दुरावस्थातिर लैजाने अर्काे पक्ष चाडपर्वका समयमा हुने उच्च आयात पनि हो । यसका निम्ति सरकारले क्रमिक रुपमा आन्तरिक उत्पादन गरेर उपभोग्य वस्तु बजारमा ल्याउने रणनीति ल्याउन आवश्यक थियो । विगतका वर्षाैंसम्म नियमित रुपमा यस्तो अवस्था आउँदा पनि सरकारले यसतर्फ भने ध्यान दिन सकेन ।
अर्काेतर्फ, बजारमा वस्तुको माग उच्च हुँदा आम उपभोक्ता ठगिने र व्यापारी÷व्यवसायीले उपभोग्य सामाग्रीहरु लुकाउने प्रथा नेपालमा आजको समस्या होइन । विगतका वर्षदेखि नै उपभोक्ता ठगिने तथा व्यापारी÷व्यवसायीले आम उपभोक्तालाई ठगी गर्ने गर्दै आएका छन् । सरकारले यसको नियमन र नियन्त्रण गर्नेतर्फ कुनै ध्यान दिन सकेको अवस्था थिएन र छैन पनि । चाडपर्वको समयमा नियामक निकायहरुले नै यस्ता खराब पक्षहरुलाई प्रश्रय दिँदै आएका छन् । बजारमा उपभोग्य वस्तुहरुको अभाव सिर्जना गर्ने, महंगी बढाउने र बजार अस्तव्यस्त बनाउने काम व्यापारी÷व्यवसायीले गर्दै आएका छन् । सरकारले यसको नियन्त्रण गर्न न त कुनै नीति नियम नै बनाउँछ, न त व्यापारी÷व्यवसायीलाई कुनै कारबाहीको दायरामा ल्याउन सक्छ ।
निष्कर्षमा भन्नुपर्दा सरकार चाडपर्वका समयमा आर्थिक व्यवस्थापनमा सँधै कमजोर र असफल सावित हुने गर्दछ । चाडपर्वका समयमा अनुगमन हुन नसक्दा आमउपभोक्ता मारमा पर्ने र उपभोग्य सामानहरु पाउन नसक्ने अवस्था सिर्जना हुने गर्दछ । अर्काेतर्फ, उच्च आर्थिक गतिविधि हुने समयलाई सरकारले व्यवस्थापन गर्न नसक्दा आर्थिक अस्तव्यस्तता पनि अर्थतन्त्रमा देखिने गर्दछ । आसन्न चाडपर्वको समयमा सरकार सबल र सक्षम देखिनु आवश्यक छ । अझ भन्नुपर्दा सरकार आर्थिक व्यवस्थापनमा सफल बनेर आमउपभोक्तालाई सहजीकरण गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउन अगाडि आउनुपर्दछ । ठूला व्यापारी÷व्यवसायीको हातमा मुलुकको नीति÷नियम नदिई अर्थविद्हरुले मुलुकको आर्थिक नीति तय गर्नुपर्दछ । मुलुकमा उपभोग्य वस्तुहरुको माग र आपूर्तिलाई मध्यनजर गरेर आन्तरिक उत्पादनलाई बढावा दिई मुद्रा विदेशिनबाट नियन्त्रण गर्न पनि जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *