एमालेमा नवप्रवेशीहरुको भिड

समाचार

काठमाडौं । कुनै बेला जनताको मन मुटु बनेको नेकपा एमाले अब जनताभन्दा गुण्डा अपराधी भ्रष्ट मण्डलेको संरक्षक बन्दैछ भन्ने आरोप कांग्रेस र माओवादीका नेताहरुले लगाउन थालेका छन् । अध्यक्ष केपी ओलीले इशारा दिए पुग्ने अन्धभक्तहरुले पनि ओलीको भनाई र गराईमा फरक पाएका छन् । पुरानालाई ठाउँ नदिने, नवप्रवेशीको जयजयकारमा रमाउँदा कोमल ओलीदेखि मोति दुगड, साहिल अग्रवालसम्मले एमालेको बद्नाम गरेका छन् । गुण्डाहरुले टिकट पाउँदैछन् । एमालेमा रातो पासपोर्ट काण्डका अमिर गुरुङ छन् । पहिला पूर्वपञ्च भीमप्रसाद गौचन माओवादीका रविन्द्र श्रेष्ठ एमाले प्रवेश गर्दा बल्खु दरबार उचाल्नेहरुले अहिले प्रहरीका बद्नाम पात्र सर्वेन्द्र खनाल एमालेमा भित्रिँदा त्यस्तो गीत गाएनन् । चुनावको मुखमा जो जो पार्टी प्रवेश गरेका छन्, तिनले पुराना एमालेको भाग खोस्ने काम भएकाले त्यो गुनगान घटेको छ । राप्रपा, लोसपा हुँदै हालै एमाले भित्र्याइएका खोमारी राय हुन् वा ललितपुर क्षेत्र नं. १ बाट सांसद भएका नवराज सिलवाल एमाले पार्टीले माफ दिएकै छ ।
एमाले प्रवेश गर्ने कम्युनिष्ट पार्टीको विचारले होइन, हाहा र हुहुले भरिएको जुलुस र भिडले प्रभावित भएको बताइन्छ । पहिला क्रिश्चियनधारी एकनाथ ढकाल परिवार दलको नाममा प्रवेश गरे । अहिले एकनाथ पनि हराएका छन् । अरुको स्थिति पनि हुने यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *