बहिष्कारको पसलबाट भोट बेचिँदै

समाचार

काठमाडौं । यसपटक संघीय र प्रदेशको चुनावमा भोट बेच्ने पसल खुलेका छन् । जनमत नभएका कथित क्रान्तिकारीहरुलाई एमाले र कांग्रेसका उम्मेद्वारसँग भोट विक्री गर्ने मौका प्राप्त हुँदैछ । २०७० सालको संविधानसभा निर्वाचनलाई बहिष्कार गरेर माओवादी केन्द्रलाई कमजोर बनाउने मोहन वैद्य, रामबहादुर थापा, देव गुरुङ, पम्फा भुसाल, नेत्रविक्रम चन्दजस्ता नेताले आफ्नो रुप देखाएका थिए । परिवर्तनकारी शक्तिलाई कमजोर बनाएर युरोपेली युनियनको डलरमा रमाएका कथित क्रान्तिकारीहरुलाई धेरै समय युरोपियन युनियनले पालेन । डलर अभियानले जातजाति, क्षेत्र, लिंग पहिचान गरेको बताउने देव गुरुङ, पम्फा भुसाल, रामबहादुर थापा पुरानै घरमा फर्केर राज्यस्रोत दोहन गर्ने ठाउँमै रमाएका छन् ।
यसपटक माओवादी क्रान्तिकारी देशभक्त गणतान्त्रिक मोर्चा र नेकपा बहुमत नेकपा मसाल चन्दजस्ता जनस्तरमा प्रभावहीन शक्तिहरु चुनाव बहिष्कार गर्ने घोषणा गरेका छन् । यो धन्दा चलाएर चुनावमा परिवर्तनको झण्डा उठाउने आफ्नै मित्र माथि घात गर्ने हो । माओवादीले उठाएका मुद्दामा सबै मिलेका छन् । सरकारी सुख भोग प्रयोग गर्न नपाएको रिसले रामबहादुर थापा, पम्फा भुसाल, देव गुरुङहरुले मोहन वैद्यजस्ता सोझा नेताको त्यो बेला फाइदा लिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *