नेपालबाट भारतमा अर्बौं रुपैयाँ भित्रिँदै

समाचार

काठमाडौं । अधिकांश नेपालीहरु रोजगारीको नाममा विदेसिने गरेका छन् । तर, छिमेकी मुलुक भारतबाट आएर नेपालमा हजाम पसल सञ्चालन गर्ने गरेका छन् । तर सरकारले नेपालमा खोलिएका ती हजाम पसलहरुको अनुगमन गरेको छ ? कतिपय हजाम पसल सञ्चालकहरुले त्यसरी खोजिएका हजाम पसल बिना दर्ता चलाइरहेका छन् । यो भनेको नेपालको लागि घाटा हो । किन कि राज्यलाई उनीहरुले राजश्व पनि तिरेका छैनन्, हजाम पसल दर्ता पनि गरेका छैनन् । छिमेकी मुलुकबाट आएर नेपालको भागमा बसेर हजाम पसल सञ्चालन गरिराखेका छन् । तर, हजाम पसल सञ्चालन गर्नेहरुले प्रतिव्यक्तिले एक पटक कपाल काटेको १५० देखि ३०० रुपैयाँसम्म लिने गरेका छन् । त्यस्तै एकपटक दारी काटेको रु ५० देखि १०० सम्म लिने गर्दछन् । यस्तै फेसवास गर्ने नाममा मनपरी रकम लिने गरेका छन् । र, कतिपय युवायुवतीहरुले अनुहार चम्किलो बनाउने नाममा हजारौं रकम तिर्ने गरेका छन् । यसैगरी मालिस गर्नेदेखि कपाल सफा गर्ने, कपाल रंग्याउनेलगायतका नाममा हजारौं रकम हजाम पसल सञ्चालकहरुले असुल्दै आएका छन् । ती हजाम सञ्चालकहरुले यति मोटो रकम आम्दानी गर्दा यो राज्यलाई कर तिर्नुपर्दैन ? तर, उनीहरुले तिर्नुपर्ने राजश्वसमेत बुझाएका छैनन् । अधिकांश नेपालको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका भूभागमा उनीहरुले यसरी आफूखुसी हजाम पसल सञ्चालन गरिरहँदा नेपाल सरकारले यसको अनुगमन गरी यस्ता हजाम पसल सञ्चालन गर्नेहरुको अनुगमन गरेर राज्यलाई तिर्नुपर्ने करको दायरामा ल्याउनुपर्ने देखिन्छ । तर, यस विषयमा तिनै तहको सरकारको ध्यान गएको छैन । र, नेपालबाट महिनामा अर्बौं रुपैयाँ भारत भित्र्याउने गरेका छन् । सम्बन्धित निकाय भने मुकदर्शक बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *