सिभिल बैंकद्वारा पशुपति क्षेत्रका बिरुवा जोगाउन २०० वटा ट्री उपलब्ध

अर्थ/वाणिज्य समाचार

काठमाडौं। सिभिल बैंकले पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरुको संरक्षणको लागि २०० वटा ट्री–गार्डहरु उपलब्ध गराएको छ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत उपलब्ध गराएको हो। सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिनजङ्ग रायमाझीले ट्री–गार्डहरुको हस्तान्तरण पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापालाई गरेका छन्।

बैंकले पाशुपत क्षेत्रको हरियाली बढाउन गरिएको वृक्षारोपणको सुरक्षाको लागि पशुपति विकास कोषलाई प्रदान गरिएको ट्री–गार्डहरुको मूल्य करिब ८ लाख रुपैयाँ रहेको छ।

सिभिल बैंकले यसअघि पनि पशुपति क्षेत्रको पार्किंग क्षेत्रमा ३०० वटा ट्री–गार्डहरु सहितको बिरुवाहरु लगाई सो बिरुवाहरुलाई राम्ररी हुर्काउन पाँच वर्ष सम्म लाग्ने सम्पूर्ण खर्चहरु समेत बहन गर्दै आइरहेको छ।

कार्यक्रममा सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रायमाझी, चिफ डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोलाबहादुर विष्ट, संस्थागत निक्षेपका निर्मला कँडेल, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडा लगायत पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *