टिभिएसले ‘ग्रेट ग्राण्ड एकसचेन्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्दै

समाचार

काठमाडौं । नेपालकालागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ुटिभिएस ग्रेट ग्राण्ड एकसचेन्ज एण्ड फाइनान्स मेलाु नामको एक्सचेन्ज मेलाको आयोजना गर्दै छ । असोज ३१ बाट कार्तिक ५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने यस मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कषक छुट तथा उपहारहरु पाउने छन् ।

यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको मोटरसाइकल र स्कुटर लिँदा बजार मुल्याङ्कन भन्दा सात हजार बढी, साथै नकिन्दै १ लाख र किन्दा १० लाख सम्मको नगद छुट पाउनेछन् । यो योजनामा आर्कषक फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५५ डाउनपेमेन्ट र ४ हजार २७७ रूपैयाँको मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।

जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *